काठमाडौँ : काठमाडौं निवासी सरिता तिमिल्सिना अमेरिका बस्छिन् । उनी अमेरिकामै ‘ओपन वर्लड कवज’ संस्थाको नेपालको प्रतिनिधि पनि हुन् । सोही संस्थाले नेपालमा महिला स्वास्थ्य र शैक्षिक सुधारमा काम गर्दै आएको छ ।
उनले विदेशमा भएर पनि नेपालमा महिला स्वास्थ्य र शिक्षा सुधारमा ध्यान दिईरहेकी छिन् । सोही संस्थाले दाङमा पनि लगानी गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० मा थारु समुदाय तथा पिछडिएका विद्यार्थीहरुलाई मध्येनजर गरि विद्यालय सञ्चालनमा ल्याईएको छ ।
थारु समुदायका बालबालिकाहरुलाई सहज शिक्षा दिनका लागि उक्त विद्यालयमा लगानी गरेको उनको भनाई छ । ‘अहिले थारु समुदायका बालबालिकाहरुले अन्य भाषा बुझ्न कठीन हुने र पढाईमा प्रभाव पर्ने गरेको छ’ उनले भनिन् ‘त्यसैले थारु समुदायका बालबालिकाहरुलाई पठन–पाठनमा सहज होस् भनी हामीले दाङमा लगानी गरेका हौं, अन्य समुदायका पिडडिएका विद्यार्थीहरुलाई पनि यसले सहज बनाएको छ ।’ दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भएको भन्दै यहाँका थारु समुदायका बालबालिकाहरुलाई पठन–पाठनमा सहजता ल्याउनकालागि यो कक्षा शुरु गरेका हौं ।’
नारायणपुरमा त्रिपुर टिनरगार्डेन एकाडेमी सञ्चालनमा ल्याएर थारु समुदायका बालबालिकाहरुलाई शिक्षा दिइरहेको उनको भनाई छ । ‘कतिपय थारु समुदायका बालबालिकाहरुले आर्थिक अभावकै कारण पनि विद्यालय पठाउन नसक्ने अबस्था रहेको छ’ उनले भनिन् ‘उहाँहरुको सहजताकालागि हामीले विद्यालय सञ्चालनमा ल्याएका हौं ।’
शुरुमा १२ जना भएपनि अहिले ९७ जना विद्यार्थी रहेका छन् । ति मध्ये अधिकांश थारु समुदायका वालवालिका रहेको उनको भनाई छ । अहिले नर्सरीदेखि कक्षा १ सम्म पढाई भईरहेको छ । अहिले अभिभावकले कक्षा थप गर्न दवाव दिएको समेत तिमिल्सिनाले बताईन् । ‘अहिले नर्सरी देखि वानसम्म पढाई भईरहेको छ’ उनले भनिन् ‘तर अभिभावकहरुले कक्षा थप गर्न दवाव दिईरहनुभएको छ ।’
केही दिनअघि मात्रै सोही संस्थाले सञ्चालन गरेको विद्यालयको अवलोकन गर्नुकासाथ सुधार गर्नुपर्ने बिषयमा सुझाव लिएकी थिईन् । त्यस अवसरमा अभिभावकहरुले कक्षा थप गर्न अनुरोध गरेका थिए । साथै टाढा–टाढाबाट पनि विद्यार्थी आउन चाहेको भन्दै यातायात सेवा दिन पनि सुझाव दिएका थिए । अहिले बाहिर मन्टेश्वरीमा मासिक ५/६ हजार तिर्नुपर्ने बाध्यता रहेको भन्दै टिनर गार्डेनले ६ सय मै पठन–पाठन गराएको भन्दै यो सकारातमक कार्य रहेको समेत बताए ।
अहिले सवै विद्यार्थीवाट मासिक ६ सय रुपैँया लिने गरेको बताईन् । जसबाट विद्यार्थीलाई खाजा, यातायात सुविधा दिने गरेको बताईन् । विद्यार्थीहरुलाई प्रविधिमैत्री वनाएर पढाउने गरेको समेत उनको भनाई छ । ‘हामीले अहिले सबै विद्यार्थीहरुलाई आईप्याड प्रदान गरेका छौं’ उनले भनिन्‘ त्यसले विद्यार्थीहरुलाई ईन्टरनेट प्रयोग गरेर पठन–पाठनमा सहजता हुने गरेको छ ।’
अहिले उक्त एकेडेमीमा ५ जना शिक्षकहरु कार्यरत रहेका छन् । युएसएमा रहेको ‘ओपन वर्लड कवज’ संस्थाले विभिन्न देशमा पिछडिएको बर्गलाई सहयोग गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस