सोल-तीन मध्ये एक कोरियाली विद्यार्थिले कोरियाली प्रायद्वीप कुनै न कुनै बाहानामा अशान्त रहेको बताएको सरकारी सर्वेक्षणले बताएको छ ।
दुई कोरिया बिचको आपई मनमुटाव होस् या त उत्तर कोरियालाई आणविक हतियारबाट निशश्त्रिकरण गर्ने प्रकृया होस्, कोरियाली प्रायद्वीप अशान्त प्राय रहेको सर्वेक्षणले बताएको छ ।
५ सय ९८ वटा प्राथमिक तथा माध्यमिक विद्यालयमा अध्ययन गर्ने करिव ६६ हजार ४२ बिद्यार्थीमा गरिएको उक्त सर्वेक्षणमा ३३.७ प्रतिशत विद्यार्थिहरुले सो राय व्यक्त गरेका हुन् । उक्त सर्वेक्षण सन् २०१९ को अक्टोवर- नोभेम्वर महिनामा सञ्चालन गरिएको थियो ।
सन् २०१८ मा गरिएको सर्वेक्षणमा करिव १८ प्रतिशतले मात्र यसो भनेको मा २०१९ मा आउदा ३३.७ प्रतिशत पुगेको छ ।
यसरि कोरियाली प्रायद्वीप अशान्त हुनुको पछाडी दुई कोरिया विच हुने भनिएका वार्ता समयमा नहुनु र भएका वार्ता पनि टुङ्गोमा नपुग्नु तथा उत्तर कोरिया सँगको परमाणु हतियार निशश्त्रिकरण सम्बन्धि वार्ता निश्कर्षमा नपुग्नु प्रमुख कारक रहेको सर्वेक्षणले बताएको छ ।
अमेरिकाले उत्तर माथि नाकाबन्दी कस्नु, आक्रामणको धम्की दिनु, उत्तरले पनि जवाफमा क्षेप्याश्त्रहरुको निरन्तर प्रक्षेपण गर्नु, अमेरिकाले दक्षिण सँग सम्युक्त सैन्य अभ्यास गर्नु आदी पनि कोरियाली प्रायद्वीप अशान्त हुने कारक हुन् ।
यदि यी समस्याहरुको बैज्ञानिक र दिगो समाधान नखोजिए कोरिया शान्त भएर रहन नसक्ने पनि सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस