लमजुङ-युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन। राइनास नगरपालिका-९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै विश्वकर्माले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुनेछ भनेका छन्।
खेलकूदको माध्यमबाट समाज, राष्ट्रलाई नै विश्वमा कीर्तिमान राख्न टेवा पुर्याइरहेको छ। खेलकूदको लागिसमेत पप्र्यात बजेत छुट्याइएको र सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नेतर्फ सरकार अघि बढेको मन्त्री विश्वकर्माले जानकारी दिएका छन्।
गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्कालगायतले सरकारले लिएको मुलुक समृद्ध बनाउनका लागि प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिएका थिए।
चीन सरकारको रु ८३ करोड लगानीमा चार तले सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले जानकारी दिए। थापाका अनुसार विद्यालयमा ३० कक्षाकोठा, २० होस्टेल कोठा, १० शिक्षक स्टाफ कोठा लागत ६८ कोठा रहेको छ। २०१४ सालमा स्थापना भएको यस विद्यालय २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थी यस भवनमा पठनपाठन गर्न पाउँदा खुशी भएका छन्।
हाल करीब ३०० विद्यार्थी अध्ययनरत छन्। देशकै नमूना भवनमा पढ्न पाउने भएपछि त्यहाँका विद्यार्थी खुशी भएका छन्। सो माविमा प्राविधिक तथा व्यावसायिक शिक्षा आगामी साउनबाटै कक्षा १२ सम्म सञ्चालन गर्ने समितिका अध्यक्ष थापाले बताएका छन्।
छिमेकी राष्ट्र चीनले नेपालमा उत्कृष्ट १० नमूना विद्यालय बनाउने घोषणाको कार्यान्वयन गर्दै हिमाली भेगमा दुई विद्यालय निर्माण गर्ने क्रममा लमजुङको उक्त विद्यालय निर्माण गरेको समितिले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस