कुश्माबजार-सामान्यतया सरकारी सेवाका कर्मचारीको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ। शिक्षकको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबर हामी पाउँछौँ तर एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर सोही विद्यालयबाट अवकास हुने शिक्षकको सङ्ख्या हेर्ने हो भने कमै भेटिन्छन्।
पर्वतको मोदी गाउँपालिका-६ तिलाहारस्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण पुरी ३५ वर्ष एउटै विद्यालयमा अध्यापन गरेर बिदाइ भएका छन। उनि सेवा अवधि पूरा भएर विद्यालयले पुरीलाई बिदाइ गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र अन्य गाउँलेले भावविह्वल हुँदै बिदाइ गरेका छन्।
सोही ठाउँमा जन्मिएर वि. सं २०४१ देखि शिक्षण पेशामा आबद्ध भएका बालकृष्ण पुरीलाई बुधबार विद्यालयले एक समारोहबीच बिदाइ गरेको हो। करिब चार दशकसम्म सँगसँगै एउटै थलोमा काम गर्दै आएका शिक्षकलाई अनिवार्य अवकासको पाँच महिना अगावै विद्यालय र समुदायले बिदाइ गरेको छ।
पुरीले वि. सं २०४१ सालदेखि २०७६ मङ्सिरसम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आएका थिए। गाउँमा एसएलसी पास गर्ने व्यक्ति खोज्नुपर्ने अवस्थाको समयमा एसएलसी उत्तीर्ण गरेका पुरीले अध्यापन शुरु गरेको सात वर्षसम्म अस्थायी पेशामा रहे पनि ७ वर्षपछि मात्रै स्थायी शिक्षण पेशा शुरु गरेका थिए।
कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद शर्माले निवृत्त भएका शिक्षक पुरीको जीवनी वाचन गर्दा आँखा नरसाउने कोही थिएनन्। “एउटा शिक्षक मात्रै नभई सामाजिक परिवर्तनमा समेत शिक्षक पुरीको ठूलो योगदान थियो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्ति देवेन्द्र ठकुरीले गहभरि आँशु पार्दै भनेका थिए। “त्यस्तो व्यक्ति हामीबाट बिदाइ हुँदा कसरी आँशु थामौँ ।” ठकुरीले प्रकृतिको नियम अनौठो भएको बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेती महतले समेत गाउँको मुहार फेर्नका लागि पुरीको अतुलनीय योगदान रहेको भन्दै भोलिका दिनमा विद्यालय बाहिर रहे पनि गाउँ र विद्यालयको उन्नतिका लागि सदैव सक्रिय रहन आग्रह गरेका छन।
वडाध्यक्ष विमल लामिछानेले लामो अवधिसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकास गरिनु विद्यालयका लागि दुःखद् कुरा भएको बताए। लामिछानेले वडामा सञ्चालन भएको विद्यालयमा उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउन पुरीले खेलेको भूमिकाको कदर गर्दै भोलिका दिनमा पनि उक्त साख नगिराउन विद्यालय परिवारलाई सुझाव दिएका थिए। पुरीलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने समग्र गाउँका स्थानीय बासिन्दाले समेत अबिर, खादा र माला पहिराएर बिदाइ गरेका थिए।
बिदाइ कार्यक्रममा पुरीले विद्यालयप्रतिको माया कहिल्यै नघट्ने बताउँदै विद्यालयमा दरबन्दी गुम्ने भएकाले नै आफूले अनिवार्य अवकासको पाँच महिनाअगावै राजीनामा दिएको बताए। “मैले ०७७ वैशाखमा राजीनामा दिएको भए मासिक निवृत्तिभरणमा ७०० रुपैयाँ बढी पाउने थिएँ”। “तर मैले दरबन्दी जोगाउनकै लागि रु ७०० को माया मारेर मङ्सिरमा नै राजीनामा दिएको हूँ।” पुरीले विद्यालय र समाजको उन्नतिका लागि जहाँ रहे पनि सेवामा तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस