धरान-भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ। क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन्।
यही फागुन ११ गते ध्यानाकर्षण पत्र बुझाएको भए पनि १६ गतेदेखि आंशिक शिक्षकले ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन्। शिक्षकको आन्दोलनका कारण शिक्षा लिनबाट वञ्चित भएकाले समस्याको समाधान गरेर नियमित पठनपाठनको वातावरण बनाइ दिन विद्यार्थीले माग गरेका छन्।
“शिक्षकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, फागुन ११ गतेदेखि पढाइ भएको छैन, हाम्रो क्याम्पस आउने जाने काम मात्र भइरहेको छ।” क्याम्पसका विद्यार्थी प्रताप तामाङले भने। आन्दोलनरत शिक्षकले भने विज्ञप्तिमार्फत आफूहरुलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन्। “हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौँ, क्याम्पसमा करारका पदहरु रिक्त छन् तर पनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन, यसबाट हाम्रो बौद्धिक शोषण भइरहेको छ।”आन्दोलनरत शिक्षकका प्रवक्ता पद्म कार्कीले बताए।
आंशिक शिक्षकले राखेको मागका विषयमा माथिल्लो निकायसँग पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। आन्दोलनरत प्रध्यापकसँग वार्ता गर्ने तयारी भइरहको जनाइएको छ।
“आंशिक शिक्षक करारको माग राख्दै आन्दोलनमा हुनुहुन्छ, त्यस विषयमा क्याम्पस प्रमुखले केन्द्रीय कार्यालयमा जानकारी गराउनुभएको छ, उहाँ अहिले पनि काठमाडौँमा भएकाले मैले यहाँ वार्ता गरेर पठनपाठनको वातावरण बनाउने तयारीमा छु।”क्याम्पसका निमित्त क्याम्पस प्रमुख नीलमणि भट्टराईले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस