काठमाण्डौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई परीक्षा स्थगित भएको र विद्याय बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भइरहेकाले उक्त परीक्षा यथावतरूपमा नै सञ्चालन हुने जानकारी दिए।
शर्माले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्नेजस्ता गलत सूचनाको भ्रममा नपर्नसमेत अनुरोध गरेका छन। विज्ञप्तिमा मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको जनाउँदै आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालय र अन्तर्गतका निकायका आधिकारिक वेभसाइटमार्फत तथा सञ्चारमाध्यमद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिने व्यहोरासमेत जानकारी गराएको छन्।
मन्त्रालयले यसअघि नै कोरोना भाइसरका कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न विद्यालयलाई निर्देशनसमेत गरिसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस