टोकियो- जापानी शिक्षा मन्त्रालयले एक सुचना जारी गर्दै आगामी अप्रिलबाट जापानी शैक्षिक संस्थाहरुले नयाँ शैक्षिक शत्र सुरु गर्न पाउने बताएको छ ।
प्रधानमन्त्री सिञ्जो आवेले सरकारले कोरोना रोकथामकै लागि भनेर विद्यालय बन्द गर्ने कुनै योजना नबनाएको पनि शिक्षा मन्त्रालयले बताएको छ ।
प्रधानमन्त्रीले एक कार्यक्रममा शिक्षा मन्त्रालयलाई आवश्यक तथारी गरेर विद्यालय खोल्ने वातावरण सृजना गर्न अनुरोध गरेका छन् तर कोरोना संक्रमण जापानमा पूर्ण रुपमा निर्मुल भइ नसकेको अवस्थामा ठूला ठूला सभा, भीडभाड भने नगर्न अनुरोध गरेका छन् ।
यता प्रधानमन्त्री आवेले जापानमा हाल कोरोना भाइरसको माहामारी त्यति धेरै विस्तारित रुपमा नदेखिए तापनि कति बेला संक्रमणले व्यापकता लिन्छ भन्ने यकिन नहुने भएका कारण रोगसँग लड्नका निम्ति तयारी हालतमा रहन स्वास्थ्य विज्ञहरुलाई निर्देशन समेत दिएका छन् ।
देशलाई लामो समयसम्म बन्दि बनाएर राख्न नहुने बताउदै सावधानी पूर्वक आफ्ना नियमित कार्यहरु सञ्चालन गर्न समेत उनले अनुरोध गरेका छन् ।
उनले विद्यालयहरुले नियमित रुपमा भीडभाड कम गराई आफ्ना शैक्षिक गतिविधिहरु सञ्चालन गर्न अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस