काठमाडौं-भनिन्छ पढाइ तथा ज्ञानको कुनै सिमा तथा अवधि हुँदैन । मानिस जन्मे पश्चात मृत्यु पर्यन्त कुनै न कुनै रुपमा आफ्नो सिक्ने क्रमलाई निरन्तरता दिइरहन्छ ।
कुनै पनि कुरा सिक्न नचाहाने मानिसलाई कतिपयले त जिउँदो लाशको उपाधि नै दिन्छन् । भारतमा त्यस्तै भएको छ । एक ९६ बर्षीया एक महिलाले जे प्रमाणित गरिन, त्यो साँच्चै नै अनुकरणीय छ ।
भारतको केरलामा ९६ वर्षीया कार्तियानी अम्माले अक्षरलक्ष्यम् साक्षरता कार्यक्रमअन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत ल्याएकी छन् । यो कार्यक्रम केरल स्टेट लिटरेसी मिसनअन्तर्गत शुरू गरिएको हो ।
यो परीक्षामा कार्तियानीको पढ्न, लेख्न र हिसाब गर्न सक्ने क्षमताको परीक्षण गरियो । राम्रो साक्षरता दर भएको राज्य केरलले शतप्रतिशत साक्षरताका लागि यो कार्यक्रम शुरू गरेको हो ।
कार्तियानीले भनिन्, ‘म त अब पढिरहने हो । छिट्टै म चार क्लास सक्छु । अनि दश क्लास पनि पढ्छु । म सय वर्ष हुँदा दश क्लास सक्छु । त्यसपछि मेरो सरकारी जागिर भए हुन्थ्यो ।’
कार्तियानीसँगै उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याए ।
कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले पढाइ गरेका थियौं । हामी दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तरै बिर्से । मलाई चाहिँ सबै उत्तर कण्ठस्थ थियो । मैले सबै सही उत्तर दिएँ ।’
ज्वाईंले ८८ प्रतिशत ल्याएका छन् ।
यो परीक्षा पास गरेपछि कार्तियानीलाई मुख्यमन्त्री पिनराई विजयनका तर्फबाट प्रमाणपत्र प्राप्त भएको छ ।
यो परीक्षामा ४३ हजार जनाले भाग लिएका थिए । कार्तियानी सबै परीक्षार्थीमध्ये सबभन्दा वृद्ध थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस