काठमाडौं-कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।
जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।
शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न अभावका खबरहरुसँगै आफ्ना विद्यार्थी र अभिभावकहरु सम्झे । उनीहरुको अवस्था के होला ?
कतै हाम्रा विद्यार्थी र अभिभावकले खाद्यान्न अभावको समस्या त भोगिरहेका छैनन् ? उनलाई भाउन्न भयो । उनलाई प्यारा विद्यार्थी र अभिभावकहरु भोकले छट्पटाएका त छैनन् भन्ने चिन्ताले पिरल्यो ।
उनले भने– ‘विद्यार्थी र अभिभावक भोकले छट्पटाएको विद्यालयले कसरी टुलुटुलु हेरेर बस्न सक्थ्यो र । शिक्षक, विद्यार्थी र अभिभावक एकै परीवार त हो नि ।’
प्रअ दूरदर्शीलाई रातभर निद्रा परेन । भोलि बिहानै विद्यालयका सहयोगीलाई खाद्यान्न अभाव भोगीरहेका विद्यार्थी र अभिभावकको विवरण संकलन गर्न आग्रह गरे । आफूले पनि केहीसँग टेलिफोनबाट जानकारी लिए । सामाजिक सञ्जालमा सूचना राखे – ‘कोही अध्ययनरत विद्यार्थी र अभिभावक खाद्यान्न अभाव भोगिरहनुभएको छ भने विदालयमा सम्पर्क गर्नुहोला ।’
त्यसपछि उनले केही दाताहरुसँग सम्पर्क गरे । हाम्रा विद्यार्थी र अभिभावकहरु भोका हुन सक्छन् आवश्यक परे खाद्यान्न सहयोग गर्नुपर्यो भनेर । तत्काल केही दाताहरु खाद्यान्न सहयोग गर्न तयार भए । विद्यालयको कोषबाट पनि केही रकम जोहो गर्ने निधो गरे । भूपू विद्यार्थीहरुले पनि सहयोग गर्ने बचन दिए ।
यसबाट हौसिएका प्रअ दूरदर्शीले खाद्यान्न अभाव भोग्ने अभिभावक र विद्यार्थीहरुको विवरण संकलनमा तिब्रता दिए । उनले भने– ‘विद्यालयलाई दुख पर्दा सहयोग गर्ने अभिभावकहरु संकटमा हुँदा विद्यालयले हात बाधेर बस्न मिलेन नि ।’
शुक्रवार साइत जुर्यो । दाता र विद्यालयको स्रोतमा खरिद गरिएको खाद्यान्न विद्यालयमा आइपुग्यो । अत्यन्तै खाधान्न अभाव झेलेका २० अभिभावकहरुलाई विद्यालय परिशरबाटै खाद्यान्न वितरण गरियो ।
दूरदर्शीले थपे ‘आज २० परीवारलाई वितरण गरियो, अझै ८० जनाको लागि खाद्यान्न तयारी अवस्थामा छ |’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस