सोल -विश्वव्यापी कोरोना माहामारीका कारण महिनौ बन्द रहेका दक्षिण कोरियाका विद्यालयहरु आजबाट खुल्न थालेका छन् । सरकारले माहामारीलाई नियन्त्रणमा लिए पश्चात विद्यालयहरु खुलेका हुन् ।
सरकारी अधिकारीका अनुसार हाल माध्यमिक तहका विद्यालयहरु मात्र सञ्चालनमा ल्याइएका छन् । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सरकारले प्राथमिक तथा पुर्व विद्यालय तहका कक्षाहरु भने जुन ७ सम्म बन्द नै राखेको छ । ६० जना भन्दा कम विद्यार्थि संख्या भएका विद्यालयहरु पनि देशभर नै सञ्चालनमा आएका छन् ।
शिक्षाकर्मीहरु अबका दिनमा विद्यालयलाई कसरि सुरक्षित रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफलमा व्यस्त रहेका छन् । यता सरकारले विद्यालयलाई कोरोना संक्रमणबाट बचाउन ७ बुँदे आचारसंहिताको अक्षरश पालना गर्न समेत भनेको छ । ती आचारसंहितामा क्वारेन्टाइनबाट आइशोलेशनसम्म उल्लेख गरिएको कोरियाली शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।
शिक्षा मन्त्री यो इयुन हेले नियमहरु पढेर सुनाउदै सो नियमहरु विद्यालय, शिक्षक तथा विद्यार्थिहरुले अनिवार्य पालना गर्नुपर्ने बताएका छन् ।
नियम अनुसार विद्यालयले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने, विद्यालयका बेन्चहरु हरृक विहान सरसफाई गर्नुपर्ने, स्वास्थ्य समस्या भए बिद्यार्थीले घरै बस्नुपर्ने, खाने समय बाहेक अन्य समयमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, स्वास्थ्य समस्या आए नर्सलाई अनिवार्य खबर गर्न समेत मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस