न्यू दिल्ली-कोरोना संक्रमण पश्चात विश्वभर मानविय संकट बढ्दो छ । यसले समाजका हरेक क्षेत्रमा नराम्ररी असर गरिरहेको छ । कोरोना संक्रमणवाट सबै भन्दा बढी प्रभावित क्षेत्रहरु मध्ये एक हो शिक्षा ।
विश्वभर कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द भएका छन् । बालबालिका विद्यालय जान सकिरहेका छैनन् । यस्तो बेला उनीहरुको शिक्षण सिकाइलाई प्रभावित हुन नदिन विश्वभर दूर शिक्षालाई माध्यम बनाइएको छ । तर गरिवीको चरम मारमा परेका बिद्यार्थीहरुको हकमा भने दूर शिक्षा पनि अभिसाप बनेर आउन थालेको छ ।
भारतको केरला राज्यको एउटा विद्यालयको कक्षा १० मा पढ्ने १४ वर्षिय दलित छात्रा देविका बालाकृष्णनले आफ्नो घरमा भर्चुअल कक्षाको लागि टिभिले काम नगरेको र बुवाआमाले अनलाइन क्लासको लागि स्मार्टफोन नकिनिदिएको भन्दै आत्महत्या गरेकी छिन् ।
विद्यालय प्रशासनका अनुसार उनी निकै जेहेन्दार छात्रा थिईन । विद्यालयले गत सोमबारदेखी अनलाइन कक्षा शुरु गरेको थियो ।
देविकाका बुवा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन् र देविकाले आफ्नो कक्षाहरु छुट्न थालेपछि पटकपटक बुवालाई टेलिभिजन मर्मत गर्न भन्दै आएकी थिईन । तर बुवाले आम्दानीको स्रोत गुमेपछी त्यो काम गर्न सकिरहेका थिएनन् ।
सुसाईड नोटमा उनले लेखेकी थिईन, ‘आइ एम गोइङ’ अर्थात ‘म जाँदै छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस