काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रीहरूले जिम्मा लिएर दुई वर्षअघि विद्यालय भर्ना गरेका दुर्गमका बालबालिकाको समेत रेडियोमा पहुँच नभएको पाइएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ
समाचार अनुसार एकपटक भर्ना गरेपछि जिम्मा लिएकाहरूले उनीहरूलाई बेवास्ता गरिएको छ । जसले गर्दा उनीहरू पनि भर्चुअल कक्षाबाट वञ्चित हुने भएका छन् ।
१ वैशाख ०७५ मा प्रधानमन्त्री केपी ओलीले मुगुका ठिन्ले साँबु लामा र उनकी पत्नी राधिका शाक्यले छिरिङ छेन्जोम लामाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका थिए ।
स्थानीय बुद्ध मावि, मांग्रीमा अध्ययनरत दुवै बालबालिका कक्षा २ उत्तीर्ण गरी ३ मा अध्ययन गर्न योग्य भएका छन् । आमाले जसोतसो हुर्काइरहेका दुवै बालबालिका प्रविधिबाट कोसौँ टाढा छन् ।
बुद्ध माविका सहायक प्रधानाध्यापक दिलेन्द्र शाहीका अनुसार दुवै बालबालिकाको घरमा रेडियोसमेत छैन । ठिन्ले साँबु लामाको घरमा किबोर्ड भएको मोबाइल छ, तर छिरिङ छेन्जोम लामाको घरमा सम्पर्कको माध्यमसमेत नभएको शाहीले बताए । ‘गाउँमै टेलिभिजन छैन, रेडियो पनि एक÷दुईजनासँग मात्रै छ । बिजुली छैन, कतै सोलारबाट काम भइरहेको छ । यस्तो अवस्थामा यहाँका बालबालिकाका लागि भर्चुअल कक्षा आकाशको फलजस्तै हो,’ शिक्षक शाहीले भने ।
प्रधानमन्त्रीसँगै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि मुगुकै कर्मायान्जिन लामाको जिम्मा लिएका थिए । उनी पनि इन्टरनेटको पहुँचमा छैनन् ।
उनी स्थानीय जनप्रभाव आधारभूत विद्यालयमा पढ्छन् । उनको घरमा भने पुरानो रेडियो सेट छ । कर्माका बाबु पद्मा नाम्गेल लामाले भने, ‘टेलिभिजन गाउँमा कसैसँग छैन, इन्टरनेट एक÷दुईजनाले प्रयोग गर्छन् ।’
त्यस्तै, मुगु गएको समयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सूर्यदेवी रोकाया र पुष्कर रोकाया, पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले विनिता नेपाली, पूर्वमन्त्री जनार्दन शर्माले सन्तोष भियाल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरोज नेपालीको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका थिए ।
तर, एकपटक भर्ना गरेपछि उनीहरूको कसैले पनि वास्ता गरेका छैनन् । उनीहरू पनि इन्टरनेटको पहुँचमा नरहेको मुगुका अधिकारीहरू बताउँछन् । त्यसैले भर्चुअल कक्षा सुरुवात गरिए प्रधानमन्त्री तथा मन्त्रीहरूले अभिभावकत्व लिएका बालबालिकासमेत पढाइबाट वञ्चित हुनेछन् ।
आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षामा आठ अर्ब रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । विभिन्न विपत्ति आइरहे पनि विद्यालयदेखि विद्यार्थीसम्म प्रविधिको पहुँच पुर्याउने काममा सरकार चुकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले कोरोनाबाट आएको विपत्तिलाई सामुदायिक विद्यालयले सुधारका लागि अवसरका रूपमा लिन सक्ने बताएका छन् । तर, कोरोनाका कारण पठनपाठन बन्द भएको, भर्चुअल कक्षाका लागि बहस चलिरहेका वेला विद्यालयदेखि विद्यार्थीसम्म पहुँच पुर्याउन उनले पनि पहल गर्न सकेनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस