काठमाडौं-कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतबाट विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै बन्द भएको पठनपाठनदेखि स्थगित भएका परीक्षा कहिले सुचारु हुन्छन् वा विकल्प के हुन्छ भन्ने अझै अन्योल छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार लकडाउन खुकुलो भए पनि कक्षाकोठामै उपस्थित भएर पढ्न पाउने विषयमा अनिश्चितता कायमै छ ।
त्यति मात्र होइन, विद्यालय तहमा स्थगित भएका परीक्षामध्ये एसइईको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भए पनि कक्षा ११ र १२ को औपचारिक निर्णय भएको छैन ।
विश्वविद्यालयस्तरमा केही संकायमा केही विषयको सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । केही परीक्षा सञ्चालनको तयारी अवस्थामा थिए । तर, ती परीक्षा स्थगित भएको तीन महिनासम्म कुनै विकल्प नआउँदा विद्यार्थी तनावमा परेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म कुल ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् ।
प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १–८) मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९–१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या करिब ५६ लाख छ । त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को टिएसएलसी र डिप्लोमामा ९१ हजार विद्यार्थी छन् ।
त्यसैगरी उच्च शिक्षा अध्ययन गर्ने चार लाखको हाराहारीमा विद्यार्थी कोरोनाका कारण प्रभावित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस