काठमाडौँ – चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक रहेका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताईन् ।
बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरुपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिइएको अध्यक्ष गुरुङले बताईन् ।
शिक्षकहरुलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उनले बताईन् । उनका अनु्सार तत्काल गाउँपालिका भित्रका शिक्षकबाट पठनपाठन शुरु गरिनेछ । बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागि गराइनेछ । गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन् । सार्वजनिक र निजी दुवैमा टोल शिक्षा लागू हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस