राँझा- कोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० स्थित जयजनता माध्यमिक विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रममा सहभागी भएर विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका छन् ।
महामारी सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार टोलका विद्यार्थीलाई टोलमै जम्मा गरेर सामुदायिक भवन र चौतारामा सामाजिक दूरी कायम गरेर पढाइने गरिएको छ ।
विद्यार्थीको चाप बढी हुन नदिन दुई चरणमा पठनपाठन भइरहेको छ । कक्षा १० का हिमाल छत्यालले महामारीका कारण विद्यालय जान नपाएका अवस्थामा टोल पढाइ कार्यक्रमबाट पढाइलाई निरन्तरता दिन पाइएको बताए । टोलमै पढ्न पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई समेट्ने गरी टोल पढाइ कार्यक्रमको समयतालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । शिक्षकले टोलटोलमा जम्मा भएका विद्यार्थीलाई पठनपाठन गराउने गरेका छन् । विद्यालयले विद्यार्थीको नाम अभिलेखीकरण गरेर पाठ्यपुस्तक वितरण गरिएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरेको हो ।
“वडाभरिका विद्यार्थीलाई विद्यालयमा पठनपाठन गराउँदा कोरोना सङ्क्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी सामाजिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो”, प्रधानाध्यापक पाण्डेले भने,“शिक्षकहरु मास्क र सेनिटाइजर लगाएर शिक्षण सामग्रीसहित पुग्दा बालबालिका आआफ्नो बस्ने व्यवस्थासहित टोलमा जम्मा हुने गरेका छन् ।”
विद्यार्थीका लागि विषयगत शिक्षकअनुसार बिहान १०ः३० देखि अपराह्न १२ः४५ बजे र १२ः४५ देखि अपराह्न २ः४५ बजेसम्म टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ । रेडियो र टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गबहादुर छत्यालले जानकारी दिए ।
उनले टोल पढाइ कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा सक्रिय बनाइराख्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे । विसं २०४३ मा स्थापित सो विद्यालयमा करीब आठ सय विद्यार्थी अध्ययनरत छन् । उपमहानगरपालिका शिक्षा शाखा संयोजक गोर्ख थापाले विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रम अहिलेका अवस्थामा प्रभावकारी रहेको बताउँदै नेपालगञ्जका अन्य विद्यालयले पनि त्यसको सिको गर्न थालेको जिकिर गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस