काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ ।
विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।
त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिएका छन् ।
यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ ।
कोरोना भाइरसका कारण स्थगित परीक्षा तत्काल लिन नसकिने अवस्था देखिएपछि विकल्पका रूपमा केही समयपछि परीक्षा गर्ने गरी पठनपाठनको बाटो खोलिएको जानकारी डीन कार्यालयले दिएको छ ।
उपत्यका बाहिरका धेरै क्याम्पस पनि सेमेस्टर प्रणालीमा गएका कारण यसबाट धेरै विद्यार्थी लाभान्वित हुने र विश्वविद्यालयको शैक्षिक कार्यक्रमले पनि निरन्तरता पाउने जनाइएको छ । यसको जानकारी सम्बद्ध क्याम्पसलाई दिइएको र अब छिट्टै नै कक्षा सुरु हुने जनाइएको छ ।
यसअघि विश्वविद्यालयले कोरोना भाइरसको अवस्था सामान्य हुन सकेको अवस्थामा भदौ पहिलो साताबाट परीक्षा सुरु गर्ने र स्थगित परीक्षा दशैँअघि गर्ने निर्णय गरेको थियो । त्यसपछि नियमित परीक्षा सञ्चालन गर्ने योजना विश्वविद्यालयले बनाएको थियो तर त्यो निर्णय कार्यान्वयन हुन नसकेपछि विश्वविद्यालयले नयाँ बाटो खोलेको हो ।
अनलाइन कक्षालाई मान्यता
यसका साथै विश्वविद्यालयले हाल सञ्चालनमा ल्याएको अनलाइन कक्षाले समेत औपचारिक मान्यता पाउने भएको छ । अब अनलाइन कक्षालाई प्रभावकारी बनाइने डिन शर्माले बताउनुभयो । विश्वविद्यालयका विभिन्न क्याम्पसमा तथा केन्द्रीय विभागमा अनलाइन पठनपाठन चलाइए पनि यसको वैधानिकताको टुङ्गो लाग्न सकेको थिएन ।
राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले प्राज्ञिक परिषद्का निर्णयपछि अब स्नातक तथा स्नातकोत्तर तहका विभिन्न सेमेस्टरका कक्षा अघि बढ्ने र त्यसका लागि क्याम्पसले तयारी सुरु गर्ने जानकारी दिएका छन् ।
त्रिविका अनुसार व्यवस्थापनमा स्नातक तहतर्फ बीबीएमा दोस्रो, चौथो, छैटौँ र आठौँ सेमेस्टरका कक्षा सञ्चालन हुनेछन् । व्यवस्थापनमा एमबीएसतर्फ तेस्रो सेमेस्टरमा अध्ययन गर्न पनि विद्यार्थीलाई बाटो खुलेको छ ।
धेरै विद्यार्थी भएमा मात्रै समस्या
विश्वविद्यालयले पछि परीक्षा लिने गरी विद्यार्थीलाई माथिल्लो कक्षामा लैजाने निर्णय गरे पनि यसबाट धेरै विद्यार्थी अध्ययन गर्ने सङ्कायका विद्यार्थी भने लाभान्वित हुन नसक्ने भएका छन् । व्यवस्थापनको बीबीएस, शिक्षाशास्त्रको बीएड र मानविकीको स्नातक तहका विद्यार्थी भने तत्काल यसबाट लाभान्वित हुन नसक्ने देखिएको छ । यी विषय वार्षिक प्रणालीबाट सञ्चालन हुँदै आएका छन् ।
प्राज्ञिक परिषद्का सदस्य शर्माले धेरै विद्यार्थी अध्ययन गर्ने विषय तथा क्याम्पसको हकमा शैक्षिक कार्यक्रम अगाडि बढाउन समस्या देखिएको बताएका छन् । क्याम्पसले अनलाइन कक्षा भने सञ्चालन गर्न सक्नेछन् । ती विद्यार्थीको हकमा पनि सामान्य स्थितिको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस