काठमाडौं-त्रिभुवन विश्वविद्यालयमा मापदण्ड नबनाई पदाधिकारीले आफूअनुकूल व्यक्तिलाई धमाधम नियुक्ति दिएका छन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार नियुक्तिका लागि कार्यसम्पादन, वरिष्ठता या दुवै पक्षमध्ये कुनलाई आधार बनाउने भन्ने मापदण्ड बनाइएको छैन । नेकपानिकट शिक्षकलाई नियुक्ति दिन जुन अस्त्र सहज हुन्छ, त्यही प्रयोग गरिरहेका छन् त्रिवि पदाधिकारीले ।
विश्वविद्यालयका संकाय र अध्ययन संस्थानका डिन, सहायक डिन, केन्द्रीय विभाग प्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायत पदमा अरू पार्टीको बलियो दाबेदारी देखिँदैन ।
तथापि, नेकपाभित्र पनि पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डाका लागि वरिष्ठता र कार्यसम्पादन दुवै मापदण्ड अनुसरण भएको पाइँदैन । कुनै दल सत्तामा आएपछि विश्वविद्यालयमा सोही दलको हालीमुहाली हुने रोग नयाँ होइन ।
विगतमा कांग्रेसको एकमना सरकार हुँदा होस् या ०६२÷६३ को परिवर्तनपछिको भागबण्डाको राजनीति, विश्वविद्यालय पदाधिकारीदेखि संकाय र विभाग प्रमुखहरू राजनीतिक आस्थाका आधारमा नियुक्त हुने गरेका थिए । त्यही रोगले अहिले पनि निरन्तरता पाएको छ ।
अहिले केन्द्रीय विभाग प्रमुखको नियुक्तिमा वरिष्ठता, प्राज्ञिक क्षमता, कार्यसम्पादनजस्ता मापदण्डमा एकरूपता छैन । कांग्रेसनिकटलाई हटाउनका लागि वरिष्ठताको नाम दिँदै नेकपानिकट व्यक्तिलाई नियुक्ति दिइएको छ ।
राजनीतिमा सक्रिय नहुने, तर केन्द्रीय विभागमा छोटो समयमा राम्रो कार्यसम्पादन गरेका कांग्रेसनिकटलाई पनि हटाएर नेकपानिकटलाई नियुक्ति दिइएको छ ।
त्रिवि कार्यकारी परिषद्ले शिक्षा विकास तथा अध्ययन केन्द्र (सेरिड)मा प्राध्यापकहरू हुँदाहुँदै सहप्राध्यापक सुरेन्द्र गिरीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय ग¥यो । गिरी नेकपानिकट भएकाले प्राध्यापकहरूलाई नै उपेक्षा गरिएको छ ।
त्यति मात्र होइन, कुनै निकायमा त पूरा कार्यकाल काम गर्न नसक्ने बताउँदै वरिष्ठलाई पाखा लगाइएको छ । र, कनिष्ठलाई जिम्मेवारी दिइएको छ । जस्तो– चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठ प्राध्यापक हुँदाहुँदै प्रा.डा. दिव्यासिंह शाहलाई डिन बनाइयो । डा. शाह यसअघि प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक पनि थिइन् ।
यी उदाहरणले त्रिविका पदाधिकारीले मातहतका निकायमा नियुक्तिका लागि अपनाएको भद्रगोल शैली प्रस्ट्याउँछन् । नेकपानिकट र आफूअनुकूल व्यक्तिलाई नियुक्ति दिन सकिने ठाउँमा वरिष्ठताको तर्क गर्ने र त्यस्तो सम्भावना नरहेका ठाउँमा वरिष्ठता ठूलो विषय नभएको बताउने प्रवृत्ति देखिएको नेकपानिकटकै एक प्राध्यापक बताउँछन् । ‘
कसैलाई अप्ठ्यारो पार्न वरिष्ठताको कुरा गर्ने र आफूअनुकूल नहुने भए चुपचाप निर्णय गर्ने प्रवृत्ति छ,’ ती प्राध्यापक भन्छन्, ‘केन्द्रीय विभागमै मनलाग्दी छ, बाहिरका नियुक्ति त झनै लाजमर्दो छन् ।’
उनका अनुसार कांग्रेसनिकट व्यक्ति प्रमुख रहेको ठाउँमा जुनसुकै निहुँमा पनि अर्को व्यक्तिलाई नियुक्ति दिइएको छ । तर, नेकपा र आफूनिकट भएकै कारण कनिष्ट व्यक्ति प्रमुख रहेका केन्द्रीय विभागको नेतृत्व परिवर्तन गरिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस