नवलपुर-ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् ।
सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ ।
जिल्लाको मध्यविन्दु–३, ब्रह्मस्थान घर भएर चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अजिता पोखरेलले आफूहरु अनलाइन शिक्षा लिन सक्ने अवस्थामा नभएको बताए । “कोरोना सङ्क्रमणको जोखिम भएको भन्दै सरकारले लकडाउन गरेपछि म घरमा आएर बसेकी छु, यहाँ फोन गर्नका लागि त नेपाल टेलिकमको मोबाइलमा राम्रोसँग नेटवर्क आउँदैन”, उनले भनिन , “यस्तो ठाउँमा अनलाइन शिक्षा कसरी प्रभावकारी हुन्छ ?” उनले व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक चौथो वर्षको परीक्षाको तयारी गर्दै गर्दा देशमा लकडाउन घोषणा भएको थियो ।
घरमा आएर बसेपछि आफूसँग भएको किताब पढ्नबाहेक आफ्ना शिक्षक तथा साथीहरुसँग छलफल गर्नसमेत नपाएको पोखरेलले गुनासो छ ।
मध्यविन्दु–२ चनौलीस्थित कोल्हुवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायण अर्यालले अनलाइन शिक्षामा समग्र विद्यार्थीको ३० प्रतिशतसमेत पहुँच नभएको बताए ।
संस्थागत विद्यालय तथा शहर केन्द्रित शैक्षिक संस्था र विद्यार्थीका लागि अनलाइन शिक्षा वैकल्पिक शिक्षा प्रणाली हुनसक्ने भए पनि आम नेपाली विद्यार्थीका लागि यो मात्रै सम्भव नभएको उनको भनाइ छ । “कोभिड–१९ ले ल्याएको अप्ठ्यारो अवस्थामा खोजिएको वैकल्पिक उपाय हो, अनलाइन शिक्षा”, उनले भने , “वर्तमान परिवेश अनि नेपालको सामाजिक÷आर्थिक अवस्था र आधुनिकतासँगै उनीहरुमा आउनुपर्ने छिटोछरितो इन्टरनेट पहुँच कमजोर अवस्थामा देखिन्छ ।”
सामान्य रुपमा सामाजिक सञ्जाल चलाउनका लागि गाउँघरसम्म नेटवर्कको पहुँच पुगेको भए पनि व्यवस्थित, नियमित र औपचारिक कार्यक्रमका लागि अहिलेको नेटकर्वले शत्प्रतिशत परिणाम नदिने क्याम्पस प्रमुख अर्यालको भनाइ छ ।
“शैक्षिक संस्था चल्न नदिने, शैक्षिक संस्था खोल्न खोज्यो स्वास्थ्य निकायहरु हल्लाखोर गर्ने अनि विद्यार्थीहरु पनि हल्लाखोर गर्दै आन्दोलन गर्ने जस्ता क्रियाकलापले गर्दा शैक्षिक संस्था निकै पछाडि पर्ने भयो भनेर सरकारले वैकल्पिक शिक्षालाई अगाडि सारेको हुनसक्छ”, उनले भने , “पढाइ नै सञ्चालन नगरी यो शैक्षिक सत्र खेर जाने भयो भनेर यसलाई खेर जान नदिनका लागि औपचारिकता पूरा गर्न भए पनि सरकारले वैकल्पिक शिक्षा प्रणाली अगाडि सा¥यो ।”
शैक्षिक संस्था सञ्चालन गर्ने अन्य उपाय नदेखेपछि अनलाइन शिक्षालाई बाध्यकारी अवस्थाको औपचारिकता बनाउन खोजिएको अर्यालको भनाइ छ ।
अनलाइन शिक्षासँगै गाउँ र टोलमा पुगेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस