दमौली-तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो ।
वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक धु्रव वाग्ले क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार साँखर, नयाँवस्तीका लागि स्याउलीबजारमा, चवादी र कुर्लिङका लागि चवादीमा, नवप्रगति टोल र राधाकृष्ण टोलका लागि राधाकृष्णमा, लिलाचोक, भाटडाँडा, धामिकुना, सिम्ले, डौका, बन्द्रेका लागि लिलाचोकमा, मजुवा, नयाँबस्ती र शान्तिटोलका लागि मालेबगरमा र ढाण्डर शीतल बस्तीका लागि ढाण्डरमा केन्द्र स्थापना गरिएको छ ।
ती सिकाई केन्द्रहरुमा कक्षा एक देखि पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गराइनेछ । स्याउलीबजारमा आइतबारदेखि मङ्गलबार, चवादीमा बुधबारदेखि शुक्रबारसम्म, राधाकृष्णमा आइतबारदेखि मङ्गलबार, लिलाचोकमा बुधबारदेखि शुक्रबार, मालेबगरमा आइतबारदेखि मङ्गलबार र ढाण्डरमा बुधबारदेखि शुक्रबारसम्म पठनपाठन हुनेछ ।
कक्षा ६ देखि ८ सम्मका अङ्ग्रेजी माध्यमका र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पनि विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।
नेपाली र अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई पढाउन चार वटा भवन प्रयोग गरिएको छ । प्रधानाध्यापक वाग्लेका अनुसार कक्षा र ११ १२ को कक्षा सञ्चालन भने अनलाइन माध्यमबाट शुरु गरिएको छ । “बुधबारदेखि सिकाई केन्द्रबाट पठनपाठन शुरु भइसकेको र विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस