दमौली-गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक क्षेत्रमा रोटरी क्लवले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
रोटरी क्लवले शनिबार पोखरामा आयोजना गरेको पिसीआर उपकरण र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्ने उद्देश्य सहित क्लवले सञ्चालन गरेको अभियानले राम्रो प्रभाव पारेको उहाँको भनाई थियो । “रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्य सहित सञ्चालन गरेको कार्यक्रम सकरात्मक छ, शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ,” प्रदेश प्रमुख शेरचनले भन्नुभयो ।
उहाँले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको चर्चा गर्नुभयो ।
“डिग्री हासिल गरेर व्यावहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।”
सोही अवसरमा क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी नेपाल शिक्षा अभियानका गण्डकी प्रदेश सचिव बाबुराम बरालले तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्री सहित टिभी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस