काठमाडौँ-काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताउनुभएको छ ।
शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताउनुभयो ।
आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गर्नुभयो । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।
समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भन्नुभयो, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्र्ने काममा निरन्तर लागिरहेका छौँ ।” विद्यालयले कोभिड नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई विशेष सम्मान गरेको थियो । विद्यालयमा कक्षा १२ सम्म करिब एक हजार ३०० विद्यार्थी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस