काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकन कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ । कार्यविधि तयार गरिसकेकाे र दुई दिन भित्रमा सार्वजनिक गर्ने बोर्डले जनाएकाे हाे ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “कसरी एसईईको लागि आन्तरिक मूल्यांकन गर्ने भन्ने कार्यविधि बनिसकेको छ । दुई दिन भित्रमा सार्वजनिक गर्छौ,त्यही आधारमा परीक्षार्थीले नम्बर पाउने छन्।”
उनले गत वर्षको भन्दा यसवर्ष फरक कार्यविधि बन्ने पनि बताएका छन् । जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर,कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो ।
अहिले सम्म पनि कोरोना संक्रमणको जोखिम कायमै भएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । बोर्डका अनुसार करिब पाँच लाख विद्यार्थीको आन्तरिक मूल्यांकन गरिँदैछ ।
काेभिड-१९ ले गर्दा २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो । यसको लागि स्कुलले जिम्मा पाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस