काठमाडौँ- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी गरेको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा सहभागी हुने तीन लाख ७४ हजार विद्यार्थीमध्ये ८४५ जनामात्र १८ वर्षभन्दा कम उमेरका रहेको बताएका छन् ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई विद्यार्थीलाई खोपको व्यवस्था गर्न अनुरोध गरिएको बताउँदै दुवै पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिएका छन् ।
सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक/दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने बोर्डको तयारी छ ।
यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस