अछाम – सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ ।
स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका-४ का शान्ति बुढालाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल नछुटेको बुढा भन्छिन् । १२ कक्षामा अध्यानरत बुढा विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफूजस्तै किशोरीलाई सजिलो भएको उनी बताउँछिन् ।
महिनावारिको समयमा विद्यालय जाँदा साँफेबगर नगरपालिका- ७ रिडिकोटका मनिशा बयकको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि पिर छैन । उनी भन्छिन्, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कतिपल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’
साँफेबगरको श्री सूर्यचन्द्र नमुना माध्यामिक विद्यालयले २०६९ सालदेखि नै स्यानेटरी प्याड वितरण गर्दै आएको छ । विद्यालयमा प्याड वितरण सुरू भएपछि विद्यालय आउने छात्राहरूको संख्या बढेको छ ।
विद्यालयमा ७६८ विद्यार्थीमध्ये ३६८ जना छात्रा अध्ययनरत छन् । तीमध्ये महिनावारी हुने किशोरीको संख्या करिब २०० छ । उनीहरूलाई विद्यालयले नियमित स्यानेटरी प्याड दिँदै आएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र शाहको भनाइ छ ।
साँफेबगर नगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टका अनुसार २०७६/२०७७ मा प्राप्त भएको २४ लाखमा नगरपालिकाले ५० हजार थान स्यानेटरी प्याड खरिद गरेको थियो । उक्त प्याड नगरपालिका भित्रका १६ वटा माध्यामिक विद्यालय र केही प्राथमिक विद्यालयमा समेत वितरण गरिएको उनको भनाइ छ । यस्तै २०७७/२०७८ प्राप्त भएको २५ लाखमा नगरपालिकाले स्यानेटरी प्याड खरिद गरेको छ भने वितरण गर्न बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस