दाङ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङको पन्ध्रौं अधिवेशनबाट मधुसुदन केसी, अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
हिजो मंगलबार दाङको घोराहीमा भएको अधिवेशनबाट केसी अध्यक्षमा चयन भएको निर्वाचन समितिले बताएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विजय जिएम उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदीम केसी चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा पोषण न्यौपाने, सह सचिवमा डिआर भण्डारी, विकास रजौरे र सह कोषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यमा विष्णुमणि देवकोटा, विमल अधिकारी , विजय गौतम, निमानन्द गैरे, विलोचन चौधरी, पुस्करदेव चौधरी, शर्मिला योगी, हरि वली, पार्वती भुसाल र कृष्णदेव पोख्रेल चयन भएका छन् ।
निर्वाचन समितिको संयोजकमा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरी रहेका थिए भने सदस्यमा केन्द्रीय सदस्य केशव थापा र प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र रहेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस