महोत्तरी- संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् ।
देशैभर काेराेनाकाे तेस्रो लहर सुरू भएको चिकित्सकहरूले बताइरहेको बेला यसकाे असर महोत्तरीमा पनि देखिएको छ । भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मेर्डना खोप दिन थालेकाे छ ।
जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । सबैभन्दा जोखिम विद्यालय, क्याम्पसमा पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विध्यालयहरू आजैदेखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघपछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनकाे तयारी छ ।
कतिपय विद्यालयले भर्चुअल विधिबाट कक्षा लिनसमेत सुरु गरिसकेका छन् । तर, सरकारले अचानक गरेको निर्णयले निजी विद्यालयमा झन समस्या थपेको महोत्तरी प्याबसनको गुनासो छ ।
यदि सरकारले अनुमति दिए जोखिमरहित वातावरणमा कक्षा संचालन गर्न तयार रहेको उनीहरूकाे भनाइ छ । महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस