तेह्रथुम- विद्यालयको नजिकै खियैखिया लागेको धारा । धारामा वर्षाैंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षाैंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन । विद्यालयमा ४५ जना विद्यार्थी अध्यायनरत छन् ।
विद्यालय परिसरमा पानी नहुँदा शाैच गर्नसमेत समस्या हुने गरेकाे विद्यार्थीहरू बताउँछन् । विद्यालयकाे शौचालयमा पानी नहुँदा घरैमा गएर शौच गर्न पुग्ने गरेको कक्षा १ पढ्दै आएका ईतुङ लिम्बूले बताए । ईतुङ जस्तै कक्षा ५ मा पढ्दै आएकी निसुम लिम्बू पनि घरमै गएर शौच गर्ने गरेकाे बताउँछिन् ।
विद्यालयमा पानीको व्यवस्थापनका लागि स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको प्रधानध्यापक सिर्जना योङहाङले बताइन् । उनी भन्छिन्, ‘शौचालय छ । तर, पानी नै छैन । शौचालयमा पानीको व्यवस्थापन त परैको कुरा । हाम्रो पहिलो समस्या भनकै खानेपानी हो । खानेपानी सँगै भवनको पनि अभाव छ । भवन नहुँदा जीर्ण भवनमा नै विद्यार्थीलाई पढाउँदै आएका छौँ ।’
स्थानीय सरकारबाट विद्यालयको समस्या समाधानका लागि पहल गर्दै आएको भए पनि समुदायको ध्यान केन्द्रित नभएको छथर-५ का वडाध्यक्ष पुन्य ढकालले बताए । ‘२५ मिटरको दूरीमा पानीको श्रोत छ । खानेपानीको समस्या नै भन्नु भन्दा पनि व्यवस्थापनकाे खाँचो छ । हामीले हाम्रो तर्फबाट प्रयास गर्दै आएका छौँ,’ उनले भने ।
नेपाल सरकारले खुलf दिशामुक्त गाउँ तथा जिल्ला घोषणा गरे पनि पानीको स्राेत नहुँदा राष्ट्रिय अभियान नाममा मात्र सीमित बन्दै आएकाे छ । तेह्रथुमलाई पनि २०७२ सालमा घोषणा गरिएको थियो । घोषणा गरेको ६ वर्ष बितीसक्दा पनि अभियानले पूर्ण रुप लिन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस