काठमाडौं-नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका उच्चपदस्थ कर्मचारीहरु र सुदूरपश्चिमको शैक्षिक क्षेत्रको धरोहर सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विधार्थीहरुबीच सोमबार अर्न्तक्रियात्मक कार्यत्रम सम्पन्न भएको छ ।
एनसेलका प्रमुख कर्मर्सियल अफिसर प्रदीप श्रीवास्तव, ग्राहक सेवा तथा अपरेसन प्रमुख ज्योती दाहाल, ग्राहक सेवा तथा अपरेसन कमिर्सिएलकी टिम हेड सुमित्रा अर्याल, कमर्सियल कोर्डिनेटर सन्तारा ताम्राकार, प्रोडेक्ट र डिभायस म्यानेजर राजेश मानन्धर, सिनियर स्पेशलिष्ट प्रणय श्रेष्ठ तथा सुदूरपश्चिमका सेल्स प्रमुख नवराज भट्टलगायतले एसपीएलका विधार्थीहरुसाग आफूहरुको अनुभव र कर्फोरेट क्षेक्रका व्यवहारिक ज्ञानबारे अन्तर्त्रिया गरेका थिए ।
अर्न्तक्रिया कार्यत्रममा एनसेलका प्रमुख कर्मर्सियल अफिसर प्रदीप श्रीवास्तवले एनसेलको ब्रान्ड कलरसाग मिल्दोजुल्दो ब्रान्ड कलर एसएपीएको पनि भएको भन्दै खुशी व्यक्त गरे ।
विश्वबजार सबैका लागि खुला भएको उदाहरण दिदौ उनले जुनसुकै कुनाबाट उदाएका व्यक्तिले पनि अविश्वसनीय सफलता हासिल गर्न सक्ने भन्दै विधार्थीलाई प्रेरणा दिए ।
‘माइक्रोसफ्टको सिइओ भारतको सामान्य नागरिक बन्नसक्छ भने भोलि यहीका विधार्थीले पनि थुप्रै प्रगति गर्नसक्छन् । कुावाको भ्यागुतो बन्ने कि संसारमा छाउने सबै तपाई हाम्रै हातमा छ,’ श्रीवास्तवले भने, ‘सबैको आ आफ्नो पोटिन्सियल हुन्छ । त्यसलाई चिनेर आफूलाई तिखार्दै लानुभयो भने एकदिन सबैले सफलता चुम्न सक्छ ।’
इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट अहमदावादबाट पोस्ट ग्राज्युएट गरेका श्रीवास्तवले भारत, बंगलादेश, इन्डोनेसियामा रहि टेलिकम्युनिकेसन क्षेत्रमा ३० वर्ष काम गरिसकेको अनुभव बटुलेका छन।
एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले अतिथीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै बहुराष्ट्रिय कम्पनीबाट श्रीवास्ताव जस्ता उच्चपदस्थ कर्मचारीहरु एसपीएमा आउनु ठूलो उपलब्धि भएको बताए ।
‘एसपीए कलेजले आफ्नो विधार्थीलाई विद्धता र जीवनप्रतिको चुनौतीलाई कसरी पार लगाउने कसरी आफूलाई मार्केटमा स्थापना गर्ने कला सिकाउने गर्छन। त्यो कला सिकाउने भनेको व्यवहार फर्मेसनको कुरा हो,’ क्याम्पस प्रमुख गौतमले भने, ‘धेरै मान्छेहरुले विश्वविद्यालयको डिग्री हासिल गरेपनि व्यवहारिक जीवनमा फेल खाएका छन। हाम्रो अवधारणा नै स्मार्ट जमानाको स्मार्ट एसपियन भन्ने हो। यस्ता किसिमका ट्वारिङ पर्सानालिटीको जीवन नै आफैमा सयौं किताब पढ्नुभन्दा बढी महत्वपूर्ण हुन्छ। उहााहरुको कुराले विधार्थीको जीवनमा प्रेरणा मिल्छ। यस्ता गतिविधि हामीले निरन्तर गरिरहेका हुन्छौं र आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’
एसपीएकै एमबीएस अध्ययनरत विधार्थी टंक ओझाको संयोजनमा ऊक्त अर्न्तक्रियात्मक कार्यत्रम भएको हो । धेरैको पहुाचभन्दा पनि बाहिरका व्यक्तित्वहरुसाग एसपीएकै विधार्थीहरु सम्पर्कसुत्रका रुपमा रहनु कलेजकै लागि खुशीको कुरा भएको क्याम्पस प्रमुख गौतमले बताए ।
अर्न्तक्रिया सहभागिता जनाएपछि स्नातक प्रथमवर्षकी विधार्थी नमिता हमालले एसपीए कलेजले सैद्धान्तिक ज्ञानसागै जीवनलाई व्यवहारिक रुपमा कसरी अघि बढाउने भन्ने कुरालाई पनि निरन्तरता दिएको भन्दै खुशी व्यक्त गरिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस