काठमाडौं-फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपाने सहितको प्रतिनिधिमण्डलले आज शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटि फिदिम नगरपालिका र जिल्ला भरिका शैक्षिक समस्याका बारेमा अवगत गरायो।
उक्त प्रतिनिधि मण्डलका तर्फबाट उपमेयर न्यौपानेले जिल्लाका शैक्षिक गुणस्तर सुधार,शिक्षक दरवन्दी,विद्यालयहरुको भौतिक अवस्था सुधार र प्राविधिक शिक्षालयका बारेमा छलफल गर्नु र मेयर काफ्लेले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार बिकासमा महत्वपूर्ण बिचार राख्दै मन्त्रीको ध्यानाकर्षण गर्नु भएको थियो।
सो प्रतिनिधि मण्डलले फिदिम नगरपालिकाको बिकट वडा नं. १४ को महादेव गुप्तेश्वर मा.बि. फूल्पा सहित वडा नं.१२ को सिध्देदेवी मा.बि. नाङ्गिन र वडा नं. ७ को रानीटार मा.बि.रानीटारमा सिटीईभिटी अन्तर्गतका प्राविधिक बिषयको पठन-पाठन गराउन स्वीकृति प्रदान गर्न माग गरेको छ।
उक्त माग र छलफलका क्रममा राखेका सुझावको मन्त्री पौडेलले सकारात्मक रुपमा लिँदै मन्त्रालयबाट गरिने सहयोगको लागि कुनै कसर बाँकि नराखिने आश्वासन दिनु भएको छ ।
सो अवसरमा मन्त्री पौडेलले सिटिईभिटी मार्फत प्राविधिक शिक्षाका कार्यक्रम संचालन गर्ने बिषयमा नीतिगत निर्णय भैसकेको जानकारी गराउँदै पालिकाहरुले सिटिईभिटीमा पनि माग गरि जानकारी मन्त्रीलाई पठाउन सुझाव दिनु भयो !
अर्थमन्त्री जनार्दन शर्माका स्वकिय सचिव तथा माओबादी केन्द्र १ न. प्रदेश समिति अध्यक्ष हर्क नेम्वाङ् मिक्सोको संयोजनमा भएको प्रतिनिधि मण्डलमा उपमेयर न्यौपानेका अतिरिक्त माओबादी केन्द्र सम्पर्क समन्वय समिति प्रचार बिभाग सदस्य बिन्देश्वर खनाल, माओबादी केन्द्र पाँचथर -काठमाडौं समन्वय समितिका सल्लाहकार देवेन्द्र सम्वाहाङ्फे सहभागिता रहेको थियो।
आजै मेयर र उपमेयरले रातो बंगाला स्कुल पुगि फिदिम नगरपालिकाका सबै वडामा रहेका बालबिकास केन्द्रहरुमा रातो बंगला मोडलमा पठन-पाठन गराउने बिषयमा अध्ययन गरि बिद्यालय प्रशासनसँग छलफल समेत गर्नु भएको छ ।
बिद्यालयसँग भएको छलफलमा फिदिम नगरपालिकाका सबै बालबिकास केन्द्रमा रातो बंगाला स्कुल र फिदिम नगरपालिकाका लागत सहभागिता पठन-पाठन गराउने सहमति भएको र नगरपालिका र रातो बंगला स्कुल बीचमा तत्काल सम्झौता हुने भएको उपमेयर न्यौपानेले जानकारी दिनुभयो।
उपमेयर न्यौपाने शिक्षा क्षेत्रमा दख्खल राख्ने भएकोले वहाँले ल्याएका योजना र राख्नु भएको धारणामा आफ्नो पूर्ण समर्थन र सहयोग रहेको र मेयर-उपमेयर दुबै मिलेर नगरपालिकाको शैक्षिक बिकासमा आमूल परिवर्तन गरि नमुना नगरपालिका बनाउने दृढ्ता मेयर काफ्लेले ब्यक्त गर्नुभयो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस