पोखरा-पङ्तिबद्ध देखिन्छन जीप, यात्रुबहाक बस तथा मालबहाक सवारी साधनहरु । यी मध्येका प्राय गा्रमिण भेगमा हुईकिन तैयार छन । कुनै भने बाग्लुङ, पर्बत र म्याग्दी सम्मको यात्राका लागि तैनाथ देखिन्छन।
सवारी साधनका कर्मचारी आउनुस–आउनुस भन्दै हातले ईसारा गर्दैछन। यता कैयौ यात्रु भने हातमा झोलीहरु बोक्दै गाडीको पर्खाईमा छन । बिशेषगरी यि यात्रुहरु बजार गर्न पोखरा आईपुगेका हुन। कास्कीको उपल्लो गाउँबाट बजार गर्न र दैनिक उपभोग्य सामान खरिदका निम्ती उनीहरु पोखरा आउने गर्दछन।
पोखरा महानगरपालिका-१ हरिचोक कास्कीको उपल्लो भेग जाने ट्रान्जिट पाईन्ट हो। हरिचोक क्षेत्रमा गाउँघरमा उत्पादन गरेका तरकारी बिक्रिका लागि मात्र नभई घरायसी प्रयोजनका लागि आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु खरिदका लािग आउने गर्दछन।
बिशेषगरी कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा-२ का बाहेक अन्य वडाबासीहरु र उपल्लो भेगका स्थानियहरु बजार गर्न हरिचोक आउने गरेको घाचोकका शुशिल जंग केसी बताउछन।
हरिचोक क्षेत्रमा रहदा यात्रुहरुलाई सार्बजनिक शौचालयको सकस हुने गरेको उनी सुनाउछन। ‘धेरै मानिसहरुको जमघट हुने यो क्षेत्रमा सार्बजनिक शौचालयको खाँचो छ, उनी भन्छन, ‘दिशा पिसाब गर्नको लागि मात्रै कुनै होटलमा खाजा खान पर्ने बाध्यात्मक परिस्थिति छ।’
त्यस्तो प्रकारको समस्या हल गर्नका लागि वडा कार्यालयले पहल गर्नुपर्ने तर्क दिन्छन केसी,घाचोक स्थित रहेको न्यू सनराईज युवा क्लबको अध्यक्ष समेत रहेका केसीले भैलो खेलेरै भएपनि सो क्षेत्रमा सार्बजनिक शौचालय निर्माण गर्ने पक्षमा रहेको सुनाउछन।
‘त्यो घाचोक बासीको मात्र समस्या होईन, उनी भन्छन, ‘बाग्लुङ, पर्बत र म्याग्दी जानेहरुको पनि केन्द्र हो त्यसैले हरिचोकमा यात्रुहरुको आवश्यकता भनेको सार्वजनिक शौचालय हो। त्यस समस्याको समाधान तर्फ वडाले ध्यान दिनपर्छ।’
यही बर्ष बन्छ हरिचोकमा स्मार्ट शौचालय : वडा अध्यक्ष पराजुली
यता वडा बिकास र समृद्धिको सवालमा बिशेष सरोकार राख्ने वडा अध्यक्ष शारदा पराजुलीले यहि बर्षमै वडा-१ मा दुई वटा स्मार्ट शौचालय निर्माण गर्ने बताउछिन। गत बर्ष टेण्डर प्रक्रियामा गैसकेर समेत निर्माण हुन नसकेको स्वीकार गर्दै यो बर्ष कुनै हालतमा पनि निर्माण गरेरै छाड्ने प्रतिबद्ध छिन उनी।
गत बर्ष शौचालयको लागि जग्गा उपलब्ध गर्न नसक्दा शौचालयको बजेट फुटफाट ब्यबस्थापनमा खर्चिएको सुनाईन। शौचालयका लागि उपयुक्त स्थान स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राष्ट्रिय माबिको जग्गा भएकाले निर्माण हुन नसकेको बताउदै यथाशिघ्र समस्या सुल्झिने तर्क दिन्छिन।
‘कम्तीमा दुईवटा स्मार्ट शौचालयको योजना छ, उनी भन्छिन, ‘स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राष्ट्रिय माबिसँग समन्वय गरेर स्मार्ट शौचालयको लागि सानो जग्गाले नै प्रर्याप्त हुने भएकाले दशै पछि नै काम सुरु हुन्छ।’
यही आर्थिक बर्षमै हरिचोकमा र अन्य एक स्थानमा सार्बजनिक स्मार्ट शौचालय बनाउनेमा अध्यक्ष पराजुली प्रतिबद्ध छिन। कास्कीको उपल्लो भेगबाट बजार गर्न पोखरा झर्ने र बाग्लुङ तथा म्याग्दी जाने यात्रुहरुको ट्रान्जिट पाईन्ट हरिचोक भएको बताउदै उनीहरुको समस्यालाई मध्यनजर गर्दै सार्बजनिक शौचालय निर्माण गरिने पराजुलीको भनाई छ। दशै अगाबै विद्युतीय पोलका बत्तिहरु मर्मत गर्ने र तरकारी संकलन केन्द्रको स्थापना गर्ने समेत वडाको योजना रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस