पोखरा-पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा सुरु गरिएको छ।
गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइ फाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले जनाएको छ।
ईन्टरनेट प्रदायक संस्था वल्र्ड लिङ्कको सहयोगमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले महेन्द्र गुफा र चमेरे गुफामा उच्च क्षमताको वाइ फाई सेवा शुरु गरेको समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो।
विन्ध्यवासिनी मा.विको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा मंगलवार एक कार्यक्रमका विच पोखरा महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सेवा शुभारम्भ गर्नुभएको हो।
त्यस अवसरमा वडाध्यक्ष आचार्यले फ्रि वाइ फाई सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र यसले बढी भन्दा बढी पर्यटकको विचमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै थप आर्कषण बढाउन सके पर्यटकको संख्यामा वृद्घि हुने वताउनुभयो।
समितिका संयोजक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडाध्यक्ष एवं गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार उदय वहादुर वस्नेत, विन्ध्यवासिनी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेत, वल्र्ड लिङ्क प्रा.लिका फ्रि वाइ फाइ प्रोजेक्ट म्यानेजर ओममणि जोशी, अप्रेशन म्यानेजर शिशिर पौडेल लगायतले विभिन्न प्रविधि मार्फत गुफा क्षेत्रको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका थिए।
समितिले गुफा क्षेत्रको गतिविधीलाई व्यवस्थित र सुरक्षित बनाउन यस अघि नै सि सि क्यामेरा जडान गरिसकेको छ। फ्रि वाइ फाई सेवा शुरु भएसँगै अव गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकले तत् स्थानवाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सक्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस