काठमाडौं -नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले पहिलो पटक मन्त्री तथा सांसद्हरुलाई दशैं भत्ता दिने निर्णय गरेको छ यसअघि निर्वाचित प्रतिनिधि तथा मन्त्रीहरुले दशैं भत्ता नलिने व्यवस्था थियो ।
सरकारले भदौं ३१ गते मन्त्रीपरिषद्को बैठकले उपप्रधानमन्त्री,मन्त्री,राज्यमन्त्री,प्रतिनिधिसभाका उपसभामुख,राष्ट्रियसभाका उपाध्यक्ष,संघीय संसद्का सदस्य तथा मन्त्री तथा सांसद्को सचिवालयमा कार्यरत कर्मचारीले दशैं खर्च बराबर एक महिनाको तलब पाउने भएका छन् ।
सरकारले तलब बढाउने र दशैं खर्च दिने निर्णय भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सरकारले साउन १ देखि नै लागु हुने गरेर उपप्रधानमन्त्रीको तलब १६.०१ प्रतिशतले बढाएको छ ।
अहिलेको सरकारमा दुईजना उपप्रधानमन्त्री रहेका छन् । इश्वर पोखरेल र उपेन्द्र यादवको मासिक तलब अब ७५ हजार ६४० रुपैयाँ भएको छ ।
यस्तै मन्त्रीको तलब १६ प्रतिशतले बढेको छ । मन्त्रीले अब मासिक ७० हजार ७३० रुपैयाँ तलब प्राप्त गर्छन् ।
सरकारले अहिलेसम्म राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री तथा प्रतिनिधिसभाका समामुख र राष्ट्रियसभाका अध्यक्षको तलब भने बढाएको छैन । यसको लागि समिति गठन भएको छ ।
अहिले राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार रुपैयाँ रहेको छ । उपराष्ट्रपतिको १ लाख ८ हजार तथा प्रधानमन्त्रीको ७७ हजार २८० रुपैयाँ रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस