जुम्ला– जिल्लाको कनकासुन्दरी माविका विद्यार्थी प्रेमप्रसाद उपाध्याय हरेक पटक अलमलिन्छन्। उनी कोर्स नसकिँदै परीक्षामा सामेल हुनुपर्दा निकै अलमल हुने बताउँछन्।
कर्णालीका विद्यालयमा कोर्स नसकिएर परीक्षा हुनु नौलो विषय होइन। उनले भने, ‘बरु कुनै शिक्षक र विद्यालयले समयमै कोर्स सकाए भने नौलो हुन सक्छ।’
शिक्षक राजनीतिमा लाग्नु, विद्यालयप्रतिको अभिभावकको चासो कम हुनु र विद्यार्थी पनि लगनशील नबन्नुले कर्णालीको शिक्षा बर्सेनि खस्कँदो छ। उपाध्यायले भने, ‘नपढाईकन शिक्षकले तलब थाप्छन्।
विद्यार्थीले पूरा कोर्स नपढीकन परीक्षा दिनुपर्ने बाध्यता छ। विद्यालयमा उपस्थित नहुने र राजनीति गर्ने शिक्षकलाई कारबाही सट्टा राजनीतिक संरक्षण हुन्छ। जसका कारण यहाँको शिक्षाको गुणस्तर उकालो लाग्नुको सट्टा खस्कँदो छ।’
विद्यार्थीले नपढेको पाठबाट सोधिएका प्रश्नको सामना गर्नुपर्छ। ‘यसरी कसरी फरीक्षाफल राम्रो बन्छ’, उनले भने, ‘कर्णालीका शिक्षकमा दक्ष जनशक्ति उत्पादन कसरी गर्ने भन्ने चिन्तन छैन। शिक्षक गैरजिम्मेवार छन्। शिक्षामा चरम राजनीति छ। यसमा अभिभावकको पनि चिन्ता छैन। विद्यार्थीलाई अलमल्याउने र झारा टार्ने पाराले कसरी बिकाउ जनशक्ति उत्पादन हुन सक्छ।’
कनकासुन्दरी मावि लुडकुमा कक्षा १० मा अध्ययनरत पुजनकुमार उपाध्याय पनि कोर्स पूरा नहुँदै परीक्षामा सामेल हुनुपर्दा निकै नरमाइलो लाग्ने बताउँछन्। उनका अनुसार समयमै पाठ्यपुस्तक नपाइनु र शिक्षक नियमित विद्यालय नआउनु र शिक्षक नआएपछि विद्यार्थी पनि स्कुल नजाने प्रवृत्तिले शिक्षा नाममात्रको छ।
कर्णालीका प्रत्येक विद्यालयमा आचारसंहिता छ, दैनिक कार्यतालिका पनि छ तर यी सबै कागजमा मात्र सीमित हुँदा शिक्षाको गुणस्तर उकासिन नसकेको उनको भनाइ छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस