राजविराज – छाडा पशु चौपाया नियन्त्रण अभियान नाम दिई सुरु गरिएको कार्यक्रम अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाका दरले पुरस्कार दिने सप्तरीको राजविराज नगरपालिकाले घोषणा गरेको छ।
नयाँ अभियान घाेषणासँगै उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको ३ दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार पुरस्कार रकम हात पारिसकेका छन्।
आज सम्ममा ८ ओटा छाडा सुँगुर मारेर स्थानीय केही युवाले बुझाइसकेको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानका ईन्चार्ज उमेश प्रसाद यादवले जानकारी दिएका छन।
अभियानकै क्रममा नगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण कार्यालय पनि प्रभावकारी र कडाई बनाइएको छ। सडकबाट नियन्त्रणमा लिइएको गाई, साँढे आदि चौपायालाई अब कसैको पनि सिफारिसमा नछोडिने नगरप्रमुख शम्भु प्रसाद यादवले बताए।
नगरपालिकाको अभियानको डरले अहिले बजारमा कतै छाडा पशु देखिदैनन्।
यसरी नियन्त्रणमा लिइएका चौपाया सिफारिसमा छोड्दा चौपाया धनीले चौपाया पुनः सडकमा छाडने प्रवृति दोहोरिने गरेकाले अब नियन्त्रणमा लिइ सकेपछि लिलामीसम्मको प्रकृया अघि बढाउने निर्णय गरी सकेको नगरप्रमुखको भनाई छ। यसबारे सूचना सार्वजनिक गरिसकेको र कसैलेपनि वेवास्ता गर्नु नहुने उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस