काठमाण्डौ-उमेर चार महिना,भारी जीउ,हाँसको झैँ चाल,भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन। सुस्तरी खोर चहार्छ, चारो टिप्छ। यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ।
बागलुङ नगरपालिका-३ रातामाटास्थित गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो। डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरा पालकको छ। भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ।
फार्मका सञ्चालक विजय शर्माले भाले परीक्षणका लागि लामो समय पालिएको बताएका छन्। ‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको हो। उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ। उचित हेरचाहले भाले निरोगी छ।
सञ्चालक शर्माले बताए अनुसार भाले किन्नका लागि धेरैले सोधिरहेको र वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा भएको छ। उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ। ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन्, कतिले उचाल्छन् पनि।
नाफा घाटा हेर्दा बुढो हुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ। ४५ दिन कटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ। ४५ देखि ६० दिनभित्र कुखुरा बेच्न योग्य हुन्छ। ‘ब्रोइलर’ कुखुराको आयु छ देखि आठ महिनासम्म हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस