काठमाडौँ-एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ?
सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । यस्तै देखिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबनिमा ।
आयोगका अनुसार काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका तत्कालीन सहयोगी राजेन्द्र बस्नेतले झण्डै रु नौ करोड बराबरको अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ । आयोगले आज अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धान अनुसार बस्नेत र उहाँको परिवारको नाममा रु नौ करोड ७३ लाख ३१ हजार बराबरको सम्पत्ति देखिएकामा झण्डै रु आठ करोड ९८ लाख बराबरको सम्पत्तिको वैध स्रोत खुल्न नसकेको पाइएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी बस्नेतलाई कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो ।
आयोगले भ्रष्टाचार गरी कमाएको रकम जफत गर्नसमेत माग गरेको छ । आयोगका अनुसार कार्यालय सहयोगी बस्नेतको रु ७४ लाख ७३ हजार ३७३ मात्रै वैधानिक रुपमा आर्जन गरेको पाइएको छ ।
मालपोतमा कार्यालय कार्यालय सहयोगीको रुपमा काम गर्ने बस्नेतको जीवनयापन अस्वाभाविक रहेको भन्दै परेको उजुरीमाथि छानबनि गर्दा उनको अवैध आय फेला परेको हो ।
आयोगका प्रवक्ता कोइरालाका अनुसार कार्यालय सहयोगी बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए । आयोगले सेवा प्रवेशदेखि गत वर्षसम्मको आय तथा खर्चको समेत विश्लेषण गरेको छ । बस्नेतले श्रीमती सीता बस्नेतको नाममा रु छ करोड, ७४ लाख बराबरको घरजग्गा खरिद गरेको, आमाको नाममा रु ६२ लाख ९० हजारको घर निर्माण गरेको देखिएको छ ।
मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्नेतले नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्नेलगायत गैरकानुनी काम गरेको पाइएको छ । यस्तै आयोगले नेपाल प्रहरीका प्रहरी निरीक्षक अरुणकुमार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस