काठमाण्डौ-महोत्तरीमा एकजना वडाअध्यक्ष नै दुई देशको नागरिक रहेको प्रमाण फेला परेको छ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष जितेन्द्र चौधरीले भारत र नेपाल दुबै देशको नागरिक रहेको भेटिएको छ। स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवारबाट वडाअध्यक्षमा जितेका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ।
भारतीय निर्वाचन आयोगको लिस्टमा समेत चौधरीको फोटो सहितको नामावली देखिएको छ भने उनको बुवा हिरा चौधरीको समेत फोटो सहित भारतको भोटरलिस्टमा नाम उल्लेख रहेको देखिएको छ। उनीहरूले सन् २०१९ मा भारतिय लोकसभा निर्वाचनमा मतदान समेत गरेका छन्। यसै प्रमाणलाई आधार बनाएर वडाअध्यक्ष चौधरी बिरुद्ध रामगोपालपुर नगरपालिका वडा नम्बर-८ का स्थानीय बासिन्दा हरिश्चन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उनको नागरिकता छानविनको माग गर्दै उजुरी समेत दिएका छन्।
उजुरीकर्ता ठाकुर आफुले जलेश्वर नगरपालिकाको कार्यालयमा समेत सबै प्रमाण लिएर गएपनि कसैले अहिलेसम्म खासै चासो नलिएको बताउँछन्। यता नगरपालिकाकी उपमेयर सिता साहले उजुरीकर्ता ठाकुरले वडाअध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै यसअघि भारतको विभिन्न कागजातहरु लिएर पालिकामा आएको भएपनि नागरिकता सम्बन्धि आफुहरु सँग कुनै अधिकार नभएका कारण केही फैसला नगरेको भन्दै यस सम्बन्धमा प्रशासनसँग सुक्ष्म अनुसन्धान गर्न आग्रह गरेकी छिन्।
वडाअध्यक्ष चौधरीले फर्जि कागजात पेश गरेर भारतिय नागरिकताको साथै नेपाली नागरिकता समेत लिएको उजुरीकर्ताको आरोप छ। यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कार्वाही गर्ने बताएका छन्।
नेपालमा नागरिकता ऐनको दफा २१ (१) मा विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म कैद वा रु ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिना देखि एक वर्षसम्म कैद वा रु २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस