दमौली- लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा आज सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई रु एक हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
त्यस्तै चियापसल, रक्सीपसल खोल्नेलाई रु दुई हजार, क्यारोमबोर्ड खेल्ने र खेलाउनेलाई रु तीन हजार, जुवातास खेल्नेलाई रु पाँच हजार र खेलाउनेलाई रु दश हजार जरिवाना गर्ने निर्णय भएको छ ।
साथै अत्यावश्यक खाद्यान्न पसल नखोल्ने र कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस