काठमाडौं-शनिबार ११ जनाको मृत्यु भएसँगै कोभिड– १९ ले चार सय ११ जनाको ज्यान लिइसकेको छ । अहिलेसम्म कुल ६२ हजार सात सय २९ संक्रमितमध्ये अझै १७ हजार एक सय १९ सक्रिय संक्रमित छन् । यसबाहेक कोभिड– १९ को चपेटाले लाखौँ नागरिकको रोजगारी गुमेको छ । अर्थतन्त्रको मेरुदण्ड नै भाँचिएको छ । खान नपाएर कतिपयको ज्यान गएको छ । सयौँ गरिब जनता खुलामञ्चमा भात मागेर महिनौँदेखि जीवन धानिरहेका छन् ।
तर, कोभिड– १९ महामारी नियन्त्रण र जनतालाई राहत दिन लगभग असफल सरकार विभिन्न दिवसमा उत्सव मनाइरहेको छ । पाँचौँ संविधान दिवस पनि सरकारले भव्य रूपमा मनायो । त्यति मात्र होइन, यही अवसरमा सरकारले पाँच सय ९४ जनालाई विभूषण (तक्मा) दिने सूची सार्वजनिक गरेको छ ।
सरकारका वरिष्ठ उपप्रधानमन्त्रीको अध्यक्षताको विभूषण सिफारिस समितिले विभूषित हुने व्यक्ति छान्छ । गत वर्षजस्तै यस वर्ष पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल समितिका अध्यक्ष थिए । सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा पोखरेल नेतृत्वका कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति नै बनाएको थियो । तर, कोभिड– १९ विरुद्धको लडाइँमा उपप्रधानमन्त्री पोखरेलको भूमिकामाथि प्रश्न उठे पनि समिति अहिले निष्क्रिय छ ।
तक्मा पाउने सूचीमा कोभिड– १९ विरुद्ध लडिरहेका फ्रन्टलाइनका राष्ट्रसेवक होइन, धेरैजसो कर्मचारी र सत्तानिकट व्यक्तिको हालिमुहाली छ । तक्मा–सूचीमा फ्रन्टलाइनका राष्ट्रसेवक उपेक्षित छन् र गृह मन्त्रालयका कर्मचारीको हालिमुहाली छ । महामारीको समय, खर्च र चयन भएका धेरैजसो व्यक्तिका कारण सरकारको तक्मा–सूची विवादमा परेको छ ।
सरकारले तक्माको सूची यतिवेला तोकेको छ, जतिवेला सिंगो देश कोभिड– १९ को महामारीसँग लडिरहेको छ । १ वैशाखमा विभूषित गरिने चलन भए पनि कोभिड– १९ महामारीका कारण गत वर्षकै तक्मा वितरण हुन सकेको छैन । तर, सरकारले नयाँ सूची सार्वजनिक गरेको छ ।
समय–सन्दर्भको दृष्टिकोण मात्रै पनि होइन, आर्थिक हिसाबले पनि तक्मा महँगा छन् । यस वर्ष पनि ६ सयकै हाराहारीमा संख्या रहेकाले खर्च करिब १० करोड पुग्न सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । तक्मामा सुन प्रयोग हुने र यो वर्ष सुनको मूल्य उच्च भएकाले खर्च बढ्ने गृहका ती अधिकारीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस