म्याग्दी- म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घन्टौं हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगरमा सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेललगायत निजी कम्पनीले मोबाइल सेवा विस्तार गरेका छैनन् ।
स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि घण्टौँ पैदल हिँडेर छिमेकी गाउँ, डाँडा र रुख चढ्ने गरेका छन् । महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको रघुगङ्गा गाउँपालिका–८ चौरखानीका चन्द्रमान छन्त्यालको दुखेसो छ ।
सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युत्को सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ ।
एक लाख १३ हजार जनसङ्ख्या भएको जिल्लामा ९० हजार ३१७ थान सिम वितरण गरी ८० प्रतिशत नागरिकमा मोबाइल फोनको पहुँच विस्तार गरेको नेपाल टेलिकमको दाबी छ । तर ग्रामीण क्षेत्रमा सूचना प्रवाह गराउन अझै टोलटोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।
म्याग्दीमा टेलिकमका २६ मोबाइल, पाँच ल्याण्डलाइन र चार वाइम्यास गरेर ३५ वटा बिटिएस टावर छन् । विद्युत् सुविधा नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरेर सञ्चालित टावरले घाम लाग्दामात्रै चल्ने र हावाहुरी, चट्याङ,वर्षात्को समयमा अवरुद्ध हुने गरेको छ ।
सञ्चार सेवा भरपर्दो नहुँदा स्थानीय तह, वडा, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह र काम कारवाहीमा कठिनाइ भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।
कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि टावर जडान गर्न ठेक्का लगाएको टेलिकमका प्रमुख विष्णुदेव शाहले बताए ।
धवलागिरिको लुलाङ, बगर र मालिकाको दरवाङमा नयाँबिटिएस स्थापना तथा बेनीमा तामाको तार हटाउन लागेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस