तनहुँ-गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।
लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उहाँहरु बताउनुहुन्छ ।
मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएका छ । कोभिड–१९ को सङ्क्रमणले भएको पटक÷पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले बताउनुभयो ।
“दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ”, मनवीरकी श्रीमती उदाशियाले भन्नुभयो ।
उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए । आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उहाँले आफ्नो पीडा व्यक्त गर्नुभयो ।
चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन् ।
स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशिया बताउनुहुन्छ । ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
“जङ्गली जीवन बिताउँदै आएका कुसुण्डा, राउटेले जङ्गल छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ”, पुल्चोक निवासी डा एचबी क्षेत्रीले भन्नुभयो, “उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ ।”
गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँ निवासी राधा बस्न्यातले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ ।” शारीरिकरुपमा अशक्त भएकाले काम गर्न नसक्ने अवस्थामा छन् । गणेशको नागरिकता बनाएर अपाङ्गता परिचयपत्र दिलाउने प्रयास भइरहेको टोल विकास संस्थाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस