कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी बाख्रा बाघले खाइसकेको छ । वन संरक्षणमा जोड दिइएपछि बाघ आउन थालेको हो । दुई दिनको अवधिमै बाघले स्थानीयवासी साइमले धामीका मात्रै छ वटा बाख्रा मारेर खाएको छ ।
“दुई बाख्रा वन क्षेत्रमा चराउन लगेको बेला बाघले खाइदियो”, उहाँले भन्नुभयो, “चारवटा बाख्रा खोरमै रहेका बेला खाइदिएको छ । बस्तीमै बाघ आउन थालेपछि बाख्रालगायत अन्य घरपालुवा जनावर जोगाउनका लागि रातभर जाग्राम बस्नुपरेको छ ।”
गाउँ नजिकैको डाँडाबाटै बाघ गर्जेको आवाज दैनिक सुनिन थालेको छ । बाघको आवाज आउन थालेपछि गाउँका सबै जना घरघरबाट निस्केर बाख्रा जोगाउनका लागि होहल्ला गर्ने र आगो बालेर तर्साउने काममा लागेको धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सावधानी अपनाउँदा अपनाउँदै पनि खोरबाटै बाख्रा लगेको पत्तो नै लाग्दैन, बाघले निकै तर्साएको छ ।”
“कहिल्यै पनि बाघ बस्ती र नजिकका वन क्षेत्रमा देखिएको थिएन”, रमेश धामीले भन्नुभयो, “तीन दिनदेखि दैनिक बाघ बस्तीमै पुग्न थालेपछि डरका कारण साँझ नहँुदै बालबालिकालाई घरभित्रै राख्नुपरेको छ ।” मानवीय क्षति हुन नदिन र बाख्रालगायत घरपालुवा जनावर जोगाउन पालैपालो जाग्राम बसेर आगो बाली होहल्ला गरेर बस्नुपरेको स्थानीयवासी दुखेसो पोख्छन् ।
स्थानीयवासी दिउँसो वन क्षेत्रमा बाख्रा, गाई, गोरु चराउन जानसमेत बाघकै डरले बन्द गरेका छन् । दाउरा र मेलापात जाँदासमेत समूहमा जाने गरेको प्रितम धानुकले बताउनुभयो । बाघकै डरले नदी तटीय क्षेत्र र खुला मैदानमा मात्रै समूहमा बाख्रालगायत जनावर चराउन जान थालेको उहाँले बताउनुभयो । वन क्षेत्र विगतको तुलनामा हराभरा भएपछि बाघ आउन थालेको स्थानीयवासीको भनाइ छ । वन क्षेत्रमा बाघसँगै अन्य जनावरको आवागमनसमेत बढेको छ । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा वन क्षेत्र संरक्षण भएपछि बाघ बस्तीसम्म पुग्दै आएको बताउनुभयो ।
“वन क्षेत्रमा बाघ देखिएपछि सामुदायिक वनका उपभोक्तालाई समेत वन क्षेत्रमा नजानका लागि सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “अनियन्त्रितरूपमा वन क्षेत्रमा बाख्रा चराउने कार्यले जोखिम बढेको हो ।” गत वर्षमात्रै सोही वन क्षेत्रमा बाघले एकै रात दुई दर्जन बढी गाईलाई मारेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस