पोखरा-त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चकममा पनि कमी आएको महशुस गरिएको छ ।
आजभोलि पोखरेलीका सामाजिक सञ्जाल फेसबुक पेज हिमालका तस्बिरले रङ्गिएका देखिन्छन् । तस्बिरसँगै धेरैले हिउँ नभएको हिमाल भन्दै चिन्ता व्यक्त गरेका छन् । यतिबेला माछापुच्छ्रे हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई चिन्तित बनाउनु स्वाभाविक हो ।
बिहान उठ्ने बित्तिकै मुस्कुराइरहेको माछापुच्छ्रे देखिँदा दिनभर नै ऊर्जा मिल्ने अनुभवसहित जीवनका सात दशक बिताइसक्नुभएका पोखराका अग्रज साहित्यकार एवं फोटो पत्रकार विश्व शाक्य अहिलेजस्तो माछापुच्छ्रेको उराठलाग्दो रुप कहिल्यै नदेखेको बताउनुहुन्छ । “मैले यो उमेरसम्म यस्तो अवस्थाको माछापुच्छ्रे देखेको थिइनँ ।
हिउँदको समयमा माछापुच्छ्रेमा छपक्क हिउँ त हुँदैन तर अहिले यस्तो कालो त यसअघि कहिल्यै देखिएको थिएन, घरको छतबाट हेर्दा कालापत्थरको चुच्चो जस्तो देख्छु ।”
शाक्यका अनुसार ४० को दशकबाट पोखराको न्यूरोडमा घरहरु बन्न शुरु गरेका हुन् । त्यसअघि जङ्गल र कोदोबारी थियो । अहिले विकासको नाममा सबै विनास भएको छ । खरका छाना फालेर टिन राख्न थालियो । टिन फालेर सिमेन्टका घर बन्न थाले । तापक्रम बढ्दै गयो । त्यसको प्रत्यक्ष असर हिमालमा पनि देखिँदै गएको उहाँको ठम्याइ छ ।
भूगोलका विद्यार्थी शाक्यले भन्नुभयो, “यसअघि हिउँदमा पनि हिमालमा चिस्यान हुन्थ्यो र हिउँ नै नभए पनि माछापुच्छ्रेको स्वरुप यति बिरुप अहिलेसम्म देखिएको थिएन ।”
भूगोलका अनुसन्धानकर्ता भानु पराजुली माछापुच्छे« हिमालको दक्षिणतिरको भू–भाग भिरालो भएकाले हिउँ परे पनि अडिने ठाउँ नभएको बताउनुहुन्छ, यद्यपी विगत वर्षमा भन्दा यो वर्ष हिउँ कम भएको उहाँ स्वीकार्नुहुन्छ । “भिरालो भएकाले लपक्कै हिउँ कहिल्यै पनि देखिएन, तर अहिले अलि बढी नै कालो देखिएको सत्य हो ।”
अहिले उद्योग कलकारखाना बन्द छन् । वातावरणमा प्रत्यक्ष असर पार्ने ग्याँस उत्पादन भएको छैन, प्रदूषण कम छ, मौसम पनि राम्रो छ । यो वर्ष निरन्तर पानी परेका कारणले हिमालमा हिउँ जम्न पाएन, जसका कारण हिमाल हिउँबिहीन देखिएको उहाँको बुझाइ छ ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले माछापुच्छ«े तुलनात्मक रुपमा पहिलैदेखि नै कम हिउँ पर्ने हिमाल भएको बताउनुहुन्छ । “माछापुच्छ«ेको उचाइ ६९९३ मात्र छ, यसको स्वरुप पनि अलि भिरालो छ, यो समयमा माछापुच्छ«े केही छिर्केमिर्के देखिन्थ्यो, अहिले पानी नपरेकाले अलि बढी कालो देखिएको हो ।” उहाँले भन्नुभयो, “पोखराको गहनाको रुपमा रहेको माछापुच्छ«े पानी परेपछि फेरी खुलेर मुस्कुराउने छ र हामी रमाउँने छौ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस