काठमाडौं-गाउँमा झोलुंगे पुल चाहिएको छ ? चाहिएको छ भने एउटा तरिका अपनाउनुस् । गाउँलेहरु मिलेर रातारात नदीमा तुइन हालिदिनुस् । फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नुस् । त्यसपछि केपी शर्मा ओलीको सरकार दौडँदै आउँछ । तुइन हटाएर मोटर गुड्ने पुल या झोलुंगे पुल बनाइदिन्छ ।
यही हो तुइन । तुइनको यो भिडियो केही वर्ष पहिलेको हो । यस्तो जोखिमसँग नदी तरेको फोटो तथा भिडियोले नेपाललाई विश्वमै लज्जित बनाइरहेको थियो । अब तुइन इतिहास बनेको छ ।
केपी ओलीले ०७२ साल फागुन ३ गते पहिलो पटक प्रधानमन्त्री बन्नासाथ देशभरबाट तुइन हटाउने निर्णय गर्नुभएको थियो । तुइन हटाउन असम्भव भनेर धेरैले प्रधानमन्त्री ओलीको खिल्ली पनि उडाएका थिए । स्थानीय पूर्वाधार विभागका अनुसार उहाँले निर्णय गर्नुहुँदा नेपालमा एक सय वटा भन्दा धेरै तुइन थियो ।
ओली सरकारले यातायात मन्त्रालय अन्र्तगतको सस्पेन्सन वृज डिभिजनमा एउटा कार्यक्रम चलायो । कार्यक्रमको नाम थियो– तुइन विस्थापनका लागि झोलुंगेपुल निर्माण कार्यक्रम । तर, ११ महिनामै ओली सरकार ढल्यो । त्यसपछि बनेका दुईटा सरकारले तुइन हटाउन सिन्का पनि भाँचेनन् ।
तीन वर्ष अघि केपी ओली फेरि प्रधानमन्त्री बन्नुभयो । त्यसपछि तुइन हटाउने अभियानको भाग दुई सुरु भयो ।
गत वर्ष गाउँलेले रातारात बनाएको आठवटा तुइन भेटिएको थियो । सरकारले ती सबै तुइन हटाएर पुल बनाइदिएको थियो । अब भने पुल बनाइमाग्नैका लागि रातारात तुइन बनाउनेलाई कारवाही गरिने भएको छ ।
स्थानीय पूर्वाधार विभागका अनुसार पहिचान भएका एक सय ४३ मध्ये एक सय २८ तुइन हटिसकेको छ । बाँकी १४ तुईन हटाउन झोलुङगे पुल बनाउने काम भइरहेको छ ।
महाकाली नदीका आठवटा तुइन हटाउन सरकारलाई हम्मेहम्मे भएको छ । तुइन हटाएर पुल बनाउने सहमति दिन भारतले वर्षौं लगायो । महाकालीमा तीनवटा तुइन हटाएर पुल बनाइएको छ । चारवटा तुइन हटाउन धमाधम झोलुंगे पुल बनिरहेको छ । एउटा तुइन चाहिँ कहिले विस्थापित हुने भनेर ओली सरकारलाई नभएर भारत सरकारलाई सोध्नुपर्ने भएको छ ।
केपी ओलीले ०७२ साल फागुन ३ गते पहिलो पटक प्रधानमन्त्री बन्नासाथ देशभरबाट तुइन हटाउने निर्णय गर्नुभएको थियो । तुइन हटाउन असम्भव भनेर धेरैले प्रधानमन्त्री ओलीको खिल्ली पनि उडाएका थिए । उहाँले निर्णय गर्नुहुँदा नेपालमा एक सय वटा भन्दा धेरै तुइन थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस