काठमाडौं-कात्तिकमा आएको बाढीपहिरोले सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए भने २५ जना बेपत्ता भए। तीन हजार विस्थापित भए। जता प्राविधिक सर्भे नै नगरिएर डोजर प्रयोग भए उतै पहिरो जाँदा ठूलो क्षति भएको हो।
डोजरे विकासले यस वर्ष बाजुरामा मात्रै १ हजार ७४ घर परिवार बिस्थापित भएका छन्। गत वर्षभन्दा छिटो अविरल वर्षा भएपछि यति ठूलो संख्यामा परिवारहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सुदूरपश्चिममा असार १ गतेदेखि नै वर्ष सुरु भयो। कमजोर भूू–बनोट र स्टिमेट बिनाका सडकहरूमा डोजर चलाउँदा पहिरो गयो। सर्भे विनाका सडकमा मात्र लगानी गरेपछि यस्तो विपत्ति आएको सुदूरपश्चिम पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टको भनाइ छ।
‘स्थानीय नेताहरूको इच्छा अनुसारका सडक बने, त्यसले विपत् निम्त्यायो’, उनले भने। लामो समय सडक डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर महेन्द्रप्रसाद पन्त भन्छन्, ‘डोजरले चट्टान खुकुलो पार्छ, अनी सामान्य वर्ष हुँदा पनि हल्लिएको जमिन भासिन्छ, त्यसले पहिरो गएको हो।’ सडक खन्दा डोजरको प्रयोग रोकिनुपर्ने उनको भनाइ छ।
सडकले उठिबास
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ काङ्बाङमा पहिरोले चिरैचिरा पारेको छ। यो पहिरो आफंै आएको होइन, निम्त्याइएको हो। यहाँका केही परिवार सडक खनेपछि आएको पहिरोका कारण बिस्थापित भइसकेका छन्। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजर चालकको सीमित सीपमा खनिएको सडकका कारण क्षति हुने क्रम रोकिएको छैन।
पहिरोले माइली चेपाङको परिवार घरबारविहीन बनेको छ। वर्षौंसम्म स्थिर रहेको काङ्बाङ पाखो झरीसँगै बग्न थालेपछि माइलीको परिवारले गाउँ छाड्न बाध्य भयो। काङबाङ गाउँमा दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिमा छन्। सबैलाई घर–घरमा सडक चाहिने हुँदा पहाडी भूगोलमा पहिरोको जोखिम बढेको वडाध्यक्ष कुलबहादुर चेपाङले बताए। देशमै पहिरोको जोखिममा दोस्रो स्थानमा रहेको मकवानपुरको पश्चिमी क्षेत्रका गाउँ पहिरोबाट बढी प्रभावित छन्। पश्चिमी मकवानपुरको साविक १२ गाविसमा हजार बढी परिवार पहिरोका कारण भएका छन्।
जोखिममा बस्ती
प्राविधिक अध्ययन बिना डोजरले खनेका सडकले सिन्धुलीमा जनधनको क्षति गर्न थालेको छ। अधिकांश जोडर नेताका आफन्त, कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिका छन्। यसरी करोडौं लागतमा खनिएका सडकहरू प्रकोपको कारणमा परिणत भएका छन्।
पर्वतीय भूसतह ज्यादै कमजोर भएको र त्यहाँ बुल डोजर लगाएर पहाड फोर्दा बारम्बार बाढी र पहिरोको प्रकोप आइरहेको जिल्ला दैविक प्रकोप व्यवस्थापन समितिको निष्कर्ष छ।
समितिले हालै मात्र बनाएको जिल्ला विपद् प्रतिकार्य योजना २०७७ मा समेत सडक, ठूला भवन तथा सिँचाइका कुलोहरू वातावरणीय प्रभाव मूल्यांकन बिनै निर्माण गर्दा पहाड र चुरेमा पहिरोको जोखिम बढेको उल्लेख छ। प्रायः सडक खन्न नेता र जनप्रतिनिधिहरू जोडिएको मेसिन प्रयोग भएको स्थानीयवासीको भनाइ छ।
चुरे विनाश गरेर खनिएको सडकले बाढी र डुवान हुने गरेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठको भनाइ छ। चुरे विनाशले तराईका खेतीयोग्य जमिन बर्सेनि पुरिँदै गएको छ। ‘त्यसको बेवास्था गर्दै जिल्लामा ठूला–ठूला मेसिन प्रयोग गर्नु गम्भीर कमजोरी हो। यसले ठूलो विपत्ति निम्त्याउन सक्छ’, श्रेष्ठले भने।
विकासले विनाश
धादिङको धुनीबेंसी नगरपालिका–६ नौबिसे खत्रीगाउँका सन्तोष खत्रीको घरमा पहिरोले क्षति पुर्यायो। त्यसपछि उनको परिवार विस्थापित भयो। विद्युत् प्रशारण लाइन बनाउँदा स्काभेटरले खनेर जमिन क्षतविक्षत बनाइदिएपछि पहिरो गएको थियो। थाभावी डोजरको प्रयोग गरेर गरिएको अवैज्ञानिक विकासका कारण सामान्य पानी पर्दासमेत पहाडी क्षेत्रहरूमा ठूलो क्षति निम्तने गरेको छ। वातावरणीय असरको
मूल्याङ्कन नगरी वडाध्यक्षले बजेट छुट्ट्याउने र उपझोक्ताले डोजर लगाएर बाटो खनिहाल्ने परिपाटी बढ्दो छ।
डोजर आतंक
स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै बजेट सडक निर्माणमा खर्च भयो। त्यसअघिको सात दलीय संयन्त्रले कर्मचारीमार्फत बाटो खन्नमै बजेट खर्चिए। तिनै दलीय संयन्त्रका प्रतिनिधिहरू जनताबाट चुनिएपछि बाटो खन्ने वैधानिक अधिकार पाए। तर, सडक निर्माणमा वातावरणीय मूल्यांकन गरिएन। प्रत्येक वडामा सडक पुर्याउने योजनाले थुप्रै खानेपानी आयोजनाहरू मासिएका छन्। मुहान नै सुकेपछि गाउँमा खानेपानीको संकट देखिएको छ।
सडक खन्दा बगेको माटोले मुहान पुरिएपछि रैनादेवीको मुजुङको छेउफानमा खानेपानीको समस्या भएको छ। स्थानीय नुरबहादुर बुढाथोकीले बाटो बनेपछि मुहानबाट पानी आउनै छाडेको बताए। ‘६० घरधुरीले पानी खाँदै आएका थियौं, अहिले मुहान नै सुकेपछि पानीको हाहाकार भएको छ,’ उनले भने। सडक विस्तारले पाल्पाकै ज्यामिरेमा पनि पानीको हाहाकार छ। स्थानीय रनबहादुर थापाले बाटो खनेपछि पानी आउनै छाडेको बताए। अर्घाखाँचीका प्रत्येक गाउँमा मोटरबाटो पुगेको छ। बाटो पुग्यो । पानीका मुहान सुके। तर, जिल्लामा बनेका ९५ प्रतिशत सडक निर्माणमा प्राविधिक मूल्यांकन भने छैन। स्थानीय नेताको निर्देशन र डोजर चालकको इन्जिनियरिङमै सडक बनेका हुन्।
यो समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस