खोटाङ-खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले विरोध जनाएकी हुन् ।
‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घरेलु रक्सी पोख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘विदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु रक्सीलाई झैं विदेशी रक्सीलाई पोखेर देखाउन उनको चुनौती छ ।
प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल रक्सी पोख्नेलाई जनता समक्ष माफ माग्न भनेकी छन् । ‘विडम्बना ! उत्सवमा विदेशी बियर र रक्सी चियर्स गर्ने र आफ्नो उत्पादन माटोमा पोख्ने कुरामा बहादुरी देख्ने संस्कारको अन्त्य भएन । गरिबको श्रम, सिप र सम्पत्ती माटोमा पोख्दै हिँडेर खै के उँभो लाग्छौं र हामी ! हाम्रो संस्कृति, हाम्रो सम्पत्ति, हाम्रो उत्पादनको विकास नगरी देश बन्दैन ।’
गरिब जनताको हात हातमा पैसा पठाउन कोदोको लोकल रक्सीलाई ब्यान्ड नभई ब्राण्ड बनाउने कार्यक्रम आफूले सुरु गरेको उनले बताइन् । ‘लोकल रक्सी पोखेर फेरी ठूलो बहादुरी देखाएछन् साथीहरूले ! यसको घोर भर्त्सना गर्दछु । घोर आपत्ति जनाउँछु,’ राईले लेखेकी छन्,, ‘गरिबलाई हेप्नेलाई चुनौती दिन्छु, ए विदेशी दलाल हो ! ए, साम्राज्यवादका मतियार हो ! आँखा गरिबको उत्पादनमा होइन, बिदेसी बहुराष्ट्रिय कम्पनीबाट बनेका ह्विस्की, रम र बियरमा लगाऊ ! सक्छौ भने विदेशी रक्सी पोखेर देखाऊ ! विदेशी रक्सी नेपाल भित्र्याउन प्रतिबन्ध लगाएर देखाऊ !’
नेतृ राईले ‘ब्यान्ड भर्सेस ब्राण्ड’को अभियान पुरा गरेर देखाउन सरकार समक्ष आग्रह गरेकी छन् । हलेसीबजारमा लोकल रक्सी पोख्ने कार्यमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरीलगायतको चौतर्फी आलोचना भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस