काठमाडौं- खानीडाँडा खोंचको ‘झुपडी घर’ पुग्दै गर्दा बिहानी पारिलो घामले निधार डामे पनि ‘कात्तिके मौसम’ चिसो छ । अलि उकालो लागेपछि दुई घरको चेप हुँदै जब ‘झुपडी’को आँगन पुगें, सास रोकिएझैं भयो । बाटाभरिका तर्कना एकै निमेषमा ‘शून्य’ बने । अघिल्तिर अनायास आइपरेको दृश्यले वाक्य फुटाउनै मुस्किल पा¥यो ।
मूलढोका छेवैको देवब्रेतिर २३ वर्षीया चिचिफुली थिङ ‘अर्धनग्न’ अवस्थामा थुरथुर काम्दै कक्रक्क परेर बसिरहेकी छन् । उनको शरीरमा कुनै विद्यालयको हरियो–निलो ‘टि–सर्ट’मात्रै देखिन्छ । एकोहोरो टोलाइरहने चिचिफुलीलाई ‘एक्कासि के भयो ?’ अहिलेसम्म कसैले बुझ्न सकेका छैनन् ।
केही हतास र डराएझैं देखिइरहने चिचिफुली अनायासै हाँसिन् । अनि, हाँसी नै रहिन् । तर, उनको त्यो मुस्कान धेरै बेर अड्न सकेन । फेरि, टोलाउन थालिन्, आफ्नै सुरमा । नातागोता भन्छन्, ‘यो यस्तै हुन्, घरी हाँस्छिन्, घरी रुन्छिन्, घरी टोलाइ मात्र रहन्छिन् ।’
घामपानी, हावाहुरी, झरी वा भूकम्प नै किन नआओस् ? उनी हलचल हुँदिनन् । माथि जंगलतिरबाट बाघ–चितुवा आए पनि उनलाई केही फरक पर्दैन । रात परेपछि मात्रै घर छिर्छिन् । वर्षौंदेखि ‘अर्धनग्न’ अवस्थामै छिन्, चिचिफुली । केही बोल्दिनन् । बोलाउँदा पनि टोलाइ मात्र रहन्छिन् ।
सानो झुपडी । खिया परेको जस्तापाताको छानो । अलिपर कुच्चिएको ‘प्रेसरकुकर’ उत्तानो परेको छ । आँगनमाथिको सानो छानो सुकेको हाँगोको भरमा जसोतसो अडेझैं लाग्छ । माथिल्लो चोटा उक्लने भ-याङ नाजुक छ, त्यो देख्दा लाग्छ, ‘कुन बेला बल्ड्याङ खाइने हो ?’ चिचिफुली यही परिवेशमा वर्षौंदेखि चुपचाप एकोहोरो टोलाइरहेकी छन् ।
यो फिचर आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस