खोटाङ-खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
हरिबोधनी एकाशीको अवसरमा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएका हुन् । नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।
बराहपोखरी गाउँपालिकाले ७ कात्तिकमा बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाभित्र सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जारी गरेको सूचनामा उल्लेख छ । जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले शुक्रबार शुक्रबार जारी गरेको सूचनामा गाउँपालिका नजिकै रहेको बराहपोखरी मन्दिरमा एकादशी (तुलसी विवाह)का दिन धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको उल्लेख छ । दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधनी एकाशीका बेला सार्वजनिक बिदा दिँदै आएको छ ।
बराहपोखरीमा लाग्ने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन दुबै गाउँपालिका र बराहपोखरी विकास समितिले स्वयंसेवक परिचालन गरेको जनाएको छ । मेलालाई लक्षित गर्दै सुरक्षकर्मी पनि परिचालन गरिएको छ । हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।
समुन्द्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ । बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।
हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् । चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ । बराहपोखरीमा मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताईन्छ ।
पर्यटनको प्रचुर सम्भावना भएपनि ओझेलमा रहेको बराहपोखरी सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस