हुम्ला-चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् ।
गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ ।
नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो ।
जाङका नुर्ब तामाङले भने , ‘कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न सिमकोट आएका हौँ ।’
एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत पुग्न सकेको छैन । स्थानीय उत्पादनसमेत कम भएपछि लिमीवासीले चरम खाद्य सङ्कट बेहोरिरहेका छन् । व्यापार कम्पनीले ढुवानी गर्ने खाद्यान्न लिमीमा विरलै पुग्ने गथ्र्यो ।
लिमीका तीनगाउँ तिल, हल्जी र जाङका बासिन्दाका लागि छदेखि आठ महिना पुग्ने खाद्यान्न यसअघि ताक्लाकोटबाट व्यवस्था हुने गर्थ्यो । यसले गर्दा व्यापार कम्पनीको खाद्यान्नमा स्थानीयवासीको ध्यान जाँदैनथ्यो ।
ताक्लाकोटबाट आयात हुने खाद्यान्न बन्द भएपछि स्थानीयवासी यतिबेला खाद्यान्न अभावले छटपटिएका छन् । गत वर्ष कात्तिकमा चार सय क्विन्टल खाद्यान्न कम्पनीको सिमकोट शाखाबाट लगिएको थियो ।
त्यसको ढुवानी गाउँपालिकाले दिएको थियो । स्थानीय तामाङका अनुसार त्यसयता खाद्यान्न नपुगेका कारण गाउँमा खाद्य सङ्कट भएको हो । यो समाचार गोरखापत्र दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस