सिन्धुली-कमलामाई नगरपालिकी १४ वर्षीया किशोरीले तीन वर्ष अगाडि प्रेम विवाह गरिन् । बिहे गरेको दुई वर्षसम्म दाम्पत्य सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो सम्बन्ध थियो । बिवाहको दुई वर्षपछि छोरी जन्मिइन् । दुबै खुसी नै थिए ।
तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । बिवाहको तीन वर्षपछि खटपट सुरु भयाे र विस्तारै उनीमाथि शारिरीक एवं मानसिक हिंसा हुन थाल्यो ।
घरमा खानासम्म पनि नदिने र श्रीमानबाट हुने गरेकाे कुटपिट सहन नसकेपछि उनी माइतीमै बस्न थालिन् । ‘सुरुमा श्रीमानले कुट्दा सुध्रेलान् भन्ने भयाे ।माइतीमा के जानु भन्ने पनि भयाे,’ उनी भन्छिन्, “दैनिक रक्सी खाएर कुटपिट गर्न लागेपछि माइतीको सहारा लिनुपर्यो । दुई वर्षदेखि छोरीलाई सँगै लिएर माइतीमै बसिरहेको छु ।’
सुनकोसी गाउँपालिकाकी अर्की एक महिला श्रीमानकाे कुटाइ र यातना सहन नसकेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुगिन् । श्रीमानले मादक पदार्थ सेवन गरेर दैनिक पिट्ने, घरमा बस्नै नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
प्रहरीले बारम्बार छलफल गराउँदासमेत परिवारले ती महिलालाई स्वीकार नगरेपछि एक महिनासम्म सुरक्षित आवास गृहमा राखिएको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ्ले बताइन् । पटकपटकको छलफल पछि अन्तिममा मिलापत्र भयो ।
दूधौली नगरपालिकाकी अर्की एक किशाेरीले १७ वर्षको उमेरमा राजीखुसी बिवाह गरिन् । सामाजिक सञ्जालबाट चिनजान भएका पुरुषसँग दुई वर्षको प्रेम सम्बन्धपछि उनले बिवाह गरिन् । बिवाह पछि दम्पत्ति काठमाडौँमा बस्याे ।
किशोरी गर्भवती भइन् । सात महिनाको गर्भ हुँदा घरखर्च पठाउने सर्तमा उनको श्रीमान विदेश गए । नौ महिना पछि छोरी जन्मिइन् । विदेश गएका श्रीमानले केही सयम पैसा पनि पठाए । पछि श्रीमानले फोन नै उठाउन छाडे, पैसा त परैकाे कुरा ।
श्रीमान सम्पर्कविहीन भएपछि उनी खोजी गर्न थालिन । बुझ्दै जाँदा ती पुरुष पहिले नै बिवाहित रहेकाे र घरमा श्रीमती रहेकाे खुल्याे । उनी भन्छिन्, ‘मलाई उता घरमा कहिले पनि लैजानु भएको थिएन । घरमा त श्रीमती पाे रहेछिन् ।’
उनी श्रीमानको घर गइन् । त्यहाँ उनलाई जेठी श्रीमती र घरपरिवारले बस्न दिएनन् । त्यसपछि उनी माइती पुगिन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीको तथ्यांक अनुसार चार महिनामा घरेलु हिंसाका ४१ उजुरी परेका छन् । बहुबिवाह, मानसिक यातना, कुटपिटजस्ता विषयका उजुरी आउने गरेको प्रहरी हवल्दार तामाङले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस